युक्रेन तनाव: फ्रान्सका राष्ट्रपतिलाई 'सङ्कट नबढाउने' पुटिनको आश्वासन, रुस के भन्छ?

मस्कोमा पुटिनलाई भेटेपछि माँक्रो किएभ पुगेका थिए

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मस्कोमा पुटिनलाई भेटेपछि माँक्रो किएभ पुगेका थिए

फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले राष्ट्रपति पुटिनले रुसी फौजले युक्रेनतर्फको सीमामा सङ्कट नबढाउनेमा आफूलाई आश्वास्त पारेको बताएका छन्।

रुसले भने सुनिश्चितता खोज्ने कुनै पनि सुझाव 'ठिक नभएको' जनाएको छ।

यो साता राष्ट्रपति माँक्रो कूटनीतिक भ्रमणका क्रममा सोमवार मस्कोमा भ्लादिमिर पुटिनसँग झण्डै ६ घण्टा बिताएर मङ्गलवार युक्रेनको राजधानी किएभ पुगेका थिए।

युक्रेनी नेतालाई भेट्नुअघि पत्रकारहरूसँग बोलेका माँक्रोले भने, "मैले त्यहाँको अवस्था थप नबिग्रने वा नगहिरिने सुनिश्चितता सुरक्षित गरेको छु।"

फ्रान्स र रुसले के भनिरहेका छन्?

त्यसपछि माँक्रो बर्लिन पुगेर जर्मन चान्सलर र पोल्याण्डका राष्ट्रपतिसँग छलफल गर्दै युक्रेनको सार्वभौमसत्ताका पक्षमा संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबीच युरोपेली सङ्घका विदेशनीति प्रमुख जोसेफ बोरेलले माँक्रोको रुस भ्रमणले मुडभेड रोक्न सक्ने केही सम्झौताको विन्दू देखाएको बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको हो?

फ्रान्सका एकजना अधिकारीले पत्रकारहरूसँग बोल्दै दुई नेताहरू बेलारुसबाट रुसी सेना फिर्ता गर्ने विषयमा सहमत भएको जनाएका थिए।

बेलारुसमा युक्रेनतर्फको उत्तरी सीमामा रुसी सेनाहरू अभ्यास गरिरहेका छन्।

क्रेमलिनका प्रवक्ताले चाहिँ माँक्रोसँग कुनै सम्झौता नभएको तर एउटा विन्दूमा त्यहाँबाट फौजहरू रुस फर्कने अपेक्षा गरिएको बताए।

युक्रेनी राष्ट्रपतिको आग्रह

किएभमा माँक्रोसँगको एक पत्रकार सम्मेलनमा बोलेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीले अब त्यहाँ 'वार्ताहरू अगाडि बढाउने अवसर देखिएको' बताएका थिए।

मस्कोमा पुटिन र माँक्रोले पाँच घण्टा छलफल गरेका थिए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सोमवार मस्कोमा पुटिन र माँक्रोले घन्टौँ छलफल गरेका थिए।

त्यस क्रममा जेलेन्सीले पुटिनलाई तनाव घटाउन गम्भीर कदमहरू चाल्न आग्रह गरे।

यतिखेर रुसले युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको भए पनि हमलाको तयारी गरिराखेको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।

अमेरिकी अधिकारीहरूले आइतवार रुसले पूर्ण आकारको हमलाका लागि चाहिने सेनााको ७० प्रतिशत फौज भेला पारिसकेको बताएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनका स्वयंसेवी लडाकुहरू