कोभिड ओमिक्रोन: सङ्क्रमणको लक्षण देखियो तर पीसीआर परीक्षण गर्दा कोरोना भाइरस देखिएन भने के गर्ने

कोभिड परीक्षणका लागि नमुना सङ्कलन

तस्बिर स्रोत, EPA

पढ्ने समय: २ मिनेट

नेपालमा अहिले ओमिक्रोन भेरिअन्टका कारण कोरोनाभाइरस महामारीको नयाँ लहर फैलिरहेको विज्ञहरूको भनाइ छ।

विगत दुई सातादेखि दैनिक हजारौँ मानिसमा कोभिड पुष्टि भइरहेको तथ्याङ्कले देखाउँछ।

कसैकसैमा रुघाखोकी तथा ज्वरोजस्ता लक्षण देखिए पनि पीसीआर वा एन्टिजन परीक्षण गर्दा कोभिड नदेखिने तर त्यसको केही दिनपछि पुनः परीक्षण गर्दा भने कोरोनाभाइरस पुष्टि हुने गरेको चर्चा सामाजिक सञ्जालमा भएको देखिन्छ।

धेरै मानिसले दोहोर्‍याएर परीक्षण नगर्दा र एकान्तवासमा नबस्दा सङ्क्रमण फैलिनै डर हुने विज्ञहरूले औँल्याएका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

यदि आफू निकटस्थ कसैलाई कोभिड देखिएमा वा समान लक्षण देख पारेमा आफू पनि सङ्क्रमित भए सरह ठानेर एक्लिएर बस्नु हितकर हुने उनीहरूको सुझाव छ।

कहिलेकाहीँ किन पत्ता लाग्दैन भाइरस?

कतिपय अवस्थामा कोभिडका लक्षण देखिए पनि परीक्षणको नतिजामा भाइरस पुष्टि नहुनुको कारण सङ्कलित नमुनामा त्यसको मात्रा पत्ता लाग्नेगरी पर्याप्त नभएको तथा खोप लगाएका मानिसमा भाइरसको सङ्ख्या धेरै नबढेको हुनसक्ने ठानिएको छ।

ओमिक्रोन

"अघिल्ला लहरमा लक्षण देखिनुभन्दा एक-दुई दिनअघि नै परीक्षणमा पोजिटिभ देखिन्थ्यो, यसपटक भने भाइरस शरीरमा छिरेको भए पनि त्यहाँ छिट्टै शरीरमा धेरै भाइरसहरू उत्पादन गर्न सक्दैन," सङ्क्रामक रोगविज्ञ डा. अनूप सुवेदीले बीबीसीसँग भने।

"यसअघि भइसकेका सङ्क्रमण वा खोपको प्रभावका कारण प्रतिरोधी क्षमता बलियो भएकाले त्यस्तो भएको हुनसक्छ।"

त्यसैले लक्षण देखिएको एक-दुई दिनपछि पुन: परीक्षण गरेर सङ्क्रमित भए नभएको सुनिश्चित हुन सकिने डा. सुवेदी बताउँछन्।

Nepal_daily_covid_Cases

ओमिक्रोनको लहरमा किन यस्तो देखियो?

भाइरल लोड अर्थात् शरीरमा हुने भाइरसको भारले स्वाब सङ्कलन गरेर परीक्षण गर्दा सजिलै नतिजा दिने सम्भावना रहने विज्ञहरू ठान्छन्।

काठमाण्डूको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत सङ्क्रामक रोगविज्ञ डा. शेरबहादुर पुन यस लहरमा आफूले धेरैजसो बिरामीको परीक्षणको नतिजामा २० देखि २५ बीचमा सीटी भ्यालू रहेको बताउँछन्।

उनको अनुभवमा डेल्टा भेरिअन्टको प्रभुत्व रहेको यसअघिको दोस्रो लहरमा सीटी भ्यालू कम अर्थात् औसतमा ११ देखि १४ बीचमा रहेको थियो।

कम सीटी भ्यालू हुनुको अर्थ भाइरल लोड उच्च हुनु हो।

सङ्कलित नमुनामा भाइरल लोड जति बढी भयो उति चाँडै पीसीआर विधिबाट गरिने परीक्षणमा भाइरस पत्ता लाग्छ। त्यसैले त्यसको सीटी भ्यालू कम हुन्छ।

कति सङ्क्रमितमा ओमिक्रोन?

"सीटी भ्यालू जति बढ्दै गयो त्यति नै भाइरल लोड घट्ने हुँदा त्यसको असर परीक्षणका क्रममा देखिन सक्छ। त्यसबाहेक परीक्षणका क्रममा स्वाब लिने तरिकादेखि प्रशोधनको प्रकियामा समेत त्यो निर्भर रहने पुरानै कुरा हो," डा. पुनले बीबीसीसँग भने।

यस भेरिअन्टमा परीक्षणका क्रममा यस्तै कुराले वास्तविक सङ्क्रमितहरूको पहिचानको काम कठिन भएको भन्दै अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्शन (सीडीसी) ले डिसेम्बर ६ देखि हवाई उडानका लागि १ दिनभन्दा बढीको परीक्षणको रिपोर्ट मान्य नहुनेगरी व्यवस्था संशोधन गरेको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा गरिएको पछिल्लो जीनोम सीक्वन्सिङका थुप्रैतिरबाट लिइएका क्रमरहित (र्‍यान्डम) स्वरूपमा लिइएका ३२ मध्ये २८ नमुना अर्थात् ८८ प्रतिशतमा ओमिक्रोन भेरिअन्ट पाइएको थियो।

त्यसैले नेपालमा अहिले निकै सङ्क्रामक मानिएको ओमिक्रोन भेरिअन्टको वर्चस्व रहेको देखिएको विज्ञहरूको भनाइ छ।

भाइरल लोड कम हुँदै जानु सकारात्मक भए पनि त्यसको असर व्यक्तिपिच्छे "उसको शरीरमा अवस्था र त्यसले जनाउने प्रतिक्रियासँग जोडिने तथा खोपको असर कायम रहने समयसँग पनि सम्बन्धित हुने" भएकाले यस भाइरसलाई कमजोर ठान्ने भुल भने गर्न नहुने डा पुनको सुझाव छ।

ओमक्रोन
कोरोनाभाइरस ब्यानर

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड खोप लिन किन सन्देहः तपाईँको प्रश्नको उत्तर
भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोभिड खोप लगाउने महिलामा बाँझोपन हुन्छ?
भिडिओ क्याप्शन सुरु हुँदैछ, चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने
कोरोनाभाइरस ब्यानर