कोभिड दक्षिण अफ्रिका: चिडियाखानामा सिंह र प्युमालाई कोरोना भाइरस सरेपछि नयाँ भेरिअन्ट उत्पत्ति हुने चिन्ता

दक्षिण अफ्रिकाको सिंह

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रतीकात्मक तस्बिर

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र प्युमामा कोरोनाभाइरस सरेको छ। तिनको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रीटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले एउटा अध्ययनपछि बताएका छन्।

वैज्ञानिकहरूले यदि भाइरस जनावरमा फैलिरह्यो अनि मानिसमा सर्‍यो भने नयाँ भेरिअन्ट उत्पत्ति हुन सक्ने खतरा औँल्याउँदै सचेत गराएका छन्।

चिडियाखानाका ती जीवजन्तु मानिसमा कोभिड हुने बेलामा देखा पर्ने जस्तै लक्षणसहित बिरामी परेका थिए।

उनीहरूलाई श्वास फेर्न गाह्रो भएको, नाकबाट सिँगान बगेको र सुक्खा खोकी लागेको पाइएको थियो।

प्युमा बिरालो परिवारको एक प्रजाति हो।

जनावरमा गरिएका परीक्षणमा कोरोनाभाइरस पुष्टि भएको र उनीहरूलाई रेखदेख गर्ने मानिसबाट भाइरस सरेको हुनसक्ने वैज्ञानिकहरूले बताएका छन्।

अनुसन्धानकर्ताहरूले चिडियाखानामा जनावरको रेखदेख गर्ने कर्मचारीहरूमा कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको तर उनीहरूमा लक्षण भने नदेखिएको पाएका थिए।

वैज्ञानिकहरूले जनावरको रेखदेख गर्दा पनि मास्क लगाउन र अन्य सुरक्षाका उपाय अपनाउन सुझाव दिएका छन्।

यो अनुसन्धान समकक्षीहरूले समीक्षा गरेर प्रकाशित हुने जर्नल भाइरसेसमा प्रकाशित भएको छ।

कोरोनाभाइरस ब्यानर

नयाँ भेरिअन्टबारे अन्य समाचार

कोरोनाभाइरस ब्यानर

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, सयौँ स्वास्थ्यकर्मीमा कोभिड, अस्पतालको सेवा पनि प्रभावित
भिडिओ क्याप्शन सुरु हुँदैछ, चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने
कोरोनाभाइरस ब्यानर