तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कुष्ठरोगका कारण विस्थापित महिला भन्छिन्- 'घाउ निको भयो तर घर फर्किन दिएनन्'
आफूलाई कुष्ठरोग लागेपछि झन्डै १५ वर्षअघि कुसुमले (नाम परिवर्तन) आफ्नो गाउँबाट विस्थापित बनेको बताउँछिन्।
दुई वर्षसम्म गाउँघरमै उपचार गराउँदा रोग पत्ता नलागेको पछि ललितपुरको लेलेस्थित आनन्दवन अस्पताल पुगेपछि मात्र आफूलाई कुष्ठरोग भएको थाहा पाएको उनले बताइन्।
त्यसपछि द लेप्रोसी मिसन नेपालको सहयोगमा उनी रोगबाट मुक्त बनेकी छन् र आफ्ना सन्तानलाई पनि पढाइरहेकी छिन्।
तर घर फर्कने पटकपटकको आफ्नो प्रयास असफल भएपछि चार सन्तानकी आमा उनी अहिले ज्याला मजदुरी गरेर जिविकोपार्जन गरिरहेकी छन्।
नि:शुल्क उपचार हुने कुष्ठरोगका प्रत्येक वर्ष सरदर तीन हजार नयाँ बिरामी थपिने सरकारी तथ्याङ्क छ।
विश्व कुष्ठरोग दिवसका सन्दर्भमा उनीसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस् ।
अनि यो पनि: