तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टर्की: आफ्नै खोजीमा खटिएको टोलीमा सहभागी भए 'हराएका' व्यक्ति
टर्कीमा 'हराएका' एक व्यक्ति आफ्नै खोजीमा खटिएको टोलीमा घन्टौँ सहभागी भएका छन्।
स्वंमसेवकका रूपमा सहभागी उनले पछि आफैलाई खोजिरहेको थाहा पाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मङ्गलवार बेहान मुत्लु आफ्ना साथीहरूसँग मदिरापान गरिरहेका थिए जहाँबाट उनी बुर्सा प्रान्तको एउटा जङ्गल छिरे।
उनी घर नफर्केपछि उनकी पत्नी र साथीहरूले स्थानीय निकायहरूलाई खबर गरे र खोजी गर्नका लागि एउटा टोली परिचालन गरियो।
५० वर्षका मुत्लुको भेट खोजी कार्यमा जुटेको टोलीसँग भयो र उनले पनि त्यो टोलीसँगै हिँड्ने निर्णय गरेको एनटीभीले जनाएको छ।
तर जब खोजी कार्यमा जुटेको टोलीका सदस्यहरूले उनको नाम बोलाउन थाले, ती व्यक्तिले भने: ''म यहीँ छु।''
त्यसपछि एक अधिकारीले उनलाई छेउतिर लगेर कुराकानी गर्न थाले।
''मलाई धेरै कठोर सजाय नदिनुहोस्। मेरो बुबाले मलाई मार्छन्,'' उनले अधिकारीलाई भने।
प्रहरीले त्यसपछि मुत्लुलाई घर पुर्याएको थियो। उनलाई जरिबाना गराइएको वा नगराइएको स्पष्ट छैन।