तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मेक्सिकोको सर्वोच्च अदालतको ऐतिहासिक फैसला: गर्भपतन अपराध नभएको ठहर
गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको मेक्सिकोको सर्वोच्च अदालतले फैसला गरेको छ।
उत्तरी राज्य खोवीलासँग सम्बन्धित उक्त फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्छ।
सर्वोच्च अदालतका न्यायाधीश लुइ मारीया याग्वीलाले उक्त कदमलाई "महिला अधिकारको लागि ऐतिहासिक कदम" का रूपमा व्याख्या गरे।
सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई गैरकानुनी नमान्न आदेश दिएको हो।
गर्भपतन गराएका कारण जेल पठाइएका महिलाहरूलाई तत्काल रिहा गरिने हुँदा फैसलाले मेक्सिकोमा नयाँ नजिर कायम गर्न सक्ने बताइएको छ।
बलात्कारका घटना वा आमाको जीवन खतरामा रहेको अवस्था बाहेक हाल त्यहाँ केही राज्यहरूमा मात्रै गर्भपतनलाई कानुनी मान्यता दिइएको छ।
गर्भपतनसम्बन्धी अधिकारको वकालत गर्दै आएको द इन्फरमेसन ग्रुप अन रिप्रडक्टिभ चोइसले अदालतको फैसलालाई ''ऐतिहासिक''को संज्ञा दिएको छ।