तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मेलम्ची बाढीः विनाशकारी गेगरान बहाव सुरु भएको भेमाथाङ देख्दा 'मन थामिएन'
विनाशकारी बाढीको स्थलगत अध्ययन टोलीसँगै मेलम्ची नदीको सिरान भेमाथाङ पुगेका पथप्रदर्शक सोनाम लामाले त्यहाँ थुप्रिएको गेगरानले थप चुनौती बढाएको बताएका छन्।
तीन महिनाअघिमात्र पर्वतारोहण र पदयात्राको सम्भावना अध्ययन गर्न भेमाथाङ पुगेका उनले त्यहाँ पुग्दा निकै भावुक बनेको बताए।
विज्ञहरूले मेलम्ची नदीमा आएका दुइटा ठूला बाढीले उच्चपर्वतीय भेगमा सयौँ वर्षदेखि जम्मा भएको गेगरानको भेमाथाङमा थुप्रिएको र त्यो बग्न सक्ने हुनाले जोखिम बाँकी नै रहेको बताउँदै आएका छन्।
पथप्रदर्शक लामाको अनुभव समेटेर कमल परियारले बनाएको एक भिडिओ।
अनि यो पनि