यूके स्वास्थ्यमन्त्री विवाद: सामाजिक दूरीको नियम तोडेपछि म्याट ह्यानककद्वारा राजीनामा

ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर द सन पत्रिकाले छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो।

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर द सन पत्रिकाले छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो।

ब्रिटेनमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले 'जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने' लेखेका छन्।

प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा पत्र पाएर आफू 'दु:खी' भएको बताएका छन्।

पूर्व अर्थमन्त्री शजिद जावेदलाई नयाँ स्वास्थ्यमन्त्री बनाइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

विवाद

द सन पत्रिकाले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो।

उक्त पत्रिकाले ती तस्बिहरू स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

कयौँ पत्रिकाहरूले ह्यानककले आफ्नी श्रीमती मार्थासँगको १५ वर्षे वैवाहिक सम्बन्ध टुङ्ग्याएको समाचार छापेका छन्।

बीबीसीले ती विवरणहरू सही भएको बुझेको छ।

बीबीसीकी राजनीतिक सम्पादक लरा कुन्सवर्गका अनुसार नम्बर टेन भनिने प्रधानमन्त्री कार्यालयले राजीनामा ह्यानकको निर्णय भएको र उनलाई प्रधानमन्त्रीले ननिकालेकोमा जोड दिएको छ।

कोलेड्यानजेलोले समेत मन्त्रालयको एक कार्यकारी निर्देशकको पद छाड्ने बीबीसीकी राजनीतिक सम्पादक बताउँछिन्।

राजीनामाबारे ह्यानककले के भने?

ट्विटरमा प्रेषित एक भिडिओमा ह्यानकले भनेका छन्, "म स्वास्थ्य तथा सामाजिक स्याहार मन्त्रीको पदबाट राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई भेट्न गएको थिएँ।"

Hancock resignation letter

"यो देशका सबैले गरेको धेरै त्यागलाई मैले बुझेको छु...र हामी जसले नियम बनाउँछौँ त्यसमा प्रतिबद्ध हुनुपर्छ र त्यसकै कारण मैले राजीनामा दिएको हुँ।"

स्वास्थ्यमन्त्रीका रूपमा तीनवर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा 'नियम तोडेकोमा' बारम्बार माफी मागेका छन्।

त्यस्तो अवस्थाका लागि उनले आफ्नो परिवार र प्रियजनसँग समेत माफी मागेका छन्।