कोभिड नेपाल: पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनाभाइरस सङ्क्रमणमुक्त

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएका छन्।
थापाथलीस्थित नर्भिक अस्पतालका अनुसार उनको दुई दिनअघि परीक्षणका लागि स्वाबको नमुना दिइएको थियो।
"अस्ति साँझ रिपोर्ट आएको थियो। अब उहाँ डिस्चार्ज हुनसक्ने अवस्थामा हुनुहुन्छ," अस्पतालका जनसम्पर्क विभाग प्रमुख सोमनाथ बास्तोलाले भने।
उनकी पत्नी कोमल शाहको अवस्था पनि सुधारोन्मुख रहेको बताइएको छ।
उनलाई दिनुपरेको अक्सिजनको मात्रा घटाइएको बास्तोलाले जानकारी दिए।
कोरोनाभाइरस सङ्क्रमणका कारण नर्भिकमै भर्ना भएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने डिस्चार्ज भइसकेका छन्।
भारतमा कुम्भमेलामा सहभागी भएर फर्किए लगत्तै पूर्वराजदम्पतीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा





