तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ममीः पुरुषको शवपेटिकामा गर्भवती महिलाको २,००० वर्ष पुरानो परिरक्षित शरीर
पोल्यान्डमा पुरातत्त्वविद्हरूले इजिप्टबाट लगिएको एउटा प्राचीन ममी गर्भवती महिलाको भएको पत्ता लगाएका छन्।
दुई हजार वर्ष पुरानो उक्त ममीलाई पहिला कुनै पुरुष पुजारीको भन्ठानिएको थियो।
एक्सरे विधिबाट परीक्षण गर्दा उक्त परिरक्षित शव महिलाको भएको र उनको गर्भमा भ्रूण भएको निर्क्योल गरिएको थियो।
गर्भवती महिलाको ममी फेला परेको पुष्टि भएको यो पहिलो अवसर भएको शोधकर्ताहरूको दाबी छ।
उक्त ममी १९औँ शताब्दीमा पोल्यान्ड पुगेको थियो।
अनि यो पनि