क्यान्सर: एउटा स्तन निकाले पनि अर्कोबाट छोरीलाई स्तनपान गराउँदाको खुसी

चार वर्ष क्यान्सरको उपचार गरेर निको भएकी ३७ वर्षीया शुभेच्छा घिमिरे भन्छिन्, "क्यान्सरका कारण मेरो दाहिने स्तन निकाल्नुपर्‍यो तर छोरीलाई देब्रे स्तनबाट स्तनपान गराउन सक्दा खुसी लाग्यो।"

घिमिरेलाई ३२ वर्षको उमेरमा स्तन क्यान्सर भएको थियो र त्यसपछि सन्तान हुँदैन कि भन्ने पीर थियो।

तर उनी गर्भवती भइन् र छोरी जन्माइन्। आमा बन्नु र नबन्नु वा स्तनपान गराउनु वा नगराउनुले महिलाको महत्त्व कम वा बढी नहुने बताउने उनी अहिले बेलायतमा बस्छिन् र अन्य क्यान्सरका बिरामीलाई परामर्श दिइरहेकी छिन्।

उनको क्यान्सरको अनुभव कस्तो छ? हेर्नुस् सृजना श्रेष्ठले तयार पारेको यो भिडियो।