न्यायको पर्खाइमा गङ्गामाया १२ औँ अनशनमा, स्वास्थ्य बिग्रँदो

सशस्त्र द्वन्द्वका बेला भएको छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशन थालेकी गङ्गामाया अधिकारीको स्वास्थ्य बिग्रँदै गएको बताइएको छ।

न्याय माग्दै गोरखा फुजेलकी गङ्गामाया काठमाण्डूस्थित बीर अस्पतालको ट्रमा सेन्टरमा १२ औँ पटक आमरण अनशनमा छन्।

अनशन सुरु भएको झन्डै तीन हप्ता पुग्नै लाग्दा समेत सरकारी निकायबाट उनको जीवन रक्षाका लागि चासो नराखिएको भन्दै अधिकार तथा अभियानकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।

मानव अधिकारकर्मी कृष्ण पहाडीले द्वन्द्व पीडितको न्यायका लागि सरकार तथा दलहरू विस्तृत शान्ति सम्झौता विपरीत उदासीन बनेको आरोप लगाएका छन्।

न्यायको खोजीमा अनशन बस्दा उनका श्रीमान् नन्दप्रसादको छ वर्ष अघि मृत्यु भएको थियो र उनको शव अहिलेसम्म अस्पतालमै छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि।