तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बीबीसी हन्ड्रेड विमिन २०२०: नेपालबाट १९ वर्षीया सपना रोका मगर
बीबीसीले प्रत्येक वर्ष #BBC100Women कार्यक्रमअन्तर्गत महिलाकेन्द्रित समाचारलाई विशेष महत्त्वका साथ प्रकाशित तथा प्रसारित गर्छ।
यही अवसरमा विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम बीबीसीले प्रकाशित पनि गर्ने गरेको छ।
यसपटक नेपालबाट १०० महिलाको सूचीमा १९ वर्षीया सपना रोका मगर परेकी छन्। उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्।
बीबीसीको सूचीमा परेपछि उनले आफू गौरवान्वित भएको बताएकी छन्।
"यसबाट मैले थप प्रोत्साहन पाएकी छ। अनि यो सामान्य नेपाली महिलाको लागि प्रेरणा हो, हामी सबैको लागि ठूलो सम्मान हो।"
उनीबारे कमल परियारले बनाएको यो भिडिओमा हेर्नुहोस्।