तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बीबीसी हन्ड्रेड विमिन २०१९ सूचीमा नेपालकी बोनिता शर्मा
बीबीसीले बुधवार सार्वजनिक गरेको १०० प्रेरणादायी एवम् प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी बोनिता शर्मा परेकी छन्।
बीबीसीले प्रत्येक वर्ष विश्वभरिबाट आआफ्नो क्षेत्रमा सफल भएर परिवर्तनका लागि काम गरेका १०० महिलाहरूको सूची सार्वजनिक गर्ने गर्छ।
यो वर्ष बीबीसीले ती महिलाहरूलाई सोधेको थियो: यदि महिलाहरूले नेतृत्व लिने हो भने भविष्य कस्तो हुनेछ?
सूचीमा परेकी शर्माले कुपोषणबाट बालबालिकाहरूलाई बचाउन 'पोषणमाला' निर्माण गरेकी छन्। हातमा लगाउने सो मालाले आमाहरूलाई आफ्ना बच्चालाई कति बेला के खुवाउने भन्ने जानकारी दिन्छ।
शर्माले अन्य तीन साथीसँग मिलेर द सोशल चेन्जमेकर एन्ड इनोभेटर (सोचाइ) नामक संस्था खोलेकी छन्।
हेर्नुहोस् सृजना श्रेष्ठले बोनितासँग गरेको अन्तर्वार्ता।