अमेरिका निर्वाचन २०२०: मङ्गलवार मतदान सम्पन्न भएपछि विचार गर्नुपर्ने मुख्य कुरा यस्ता छन्

विगतको निर्वाचनमा पनि परिणाम के हुन्छ भन्ने अनिश्चित थयो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विगतको निर्वाचनमा मतदान भएको रातिसम्म पनि परिणाम के हुन्छ भन्ने अनिश्चित थियो

नोभेम्बर ३ मा अमेरिकीहरू जो बाइडन र डोनल्ड ट्रम्पमध्ये एक जनालाई राष्ट्रपति छान्न मतदान गर्दैछन्।

परिणाम भविष्यवाणी गर्न नसकिने यो निर्वाचनमा मतदान भएपछि राति ध्यान दिनुपर्ने विषयहरू यस्ता छन्।

Section divider

केही मुख्य कुरा

  • अमेरिकाको राष्ट्रपति चुनिन तपाईँले लोकप्रिय मतको हिसाबले जित हासिल गर्नुपर्दैन। उम्मेदवारहरूले बहुमत इलेक्टोरल कलेजमा जित्ने लक्ष्य लिइरहेका छन्, त्यसबारे तल चर्चा गरिएको छ।
  • विगतको चुनावको तुलनामा दशौँ लाख अमेरिकीले हुलाकबाट मतदान गरेका छन्। त्यस्तो मतको गणना गर्न बढी समय लाग्न सक्छ र कतिपय राज्यले मतदानअघि त्यो काम सुरु गर्नेछैनन्। त्यही भएर परिणाम आउन समय लाग्न सक्छ।
  • अभूतपूर्व सङ्ख्यामा हुलाकबाट भोट हालिएकाले सुरुमा अग्रता लिने उम्मेदवारपछि हुलाक वा उपस्थित भएर मा दायर गरिएका मत गणना हुँदा पछि पर्न सक्छ। त्यही भएर सङ्ख्यालाई सावधानीपूर्वक हेर्नुपर्ने देखिन्छ।
Section divider

केही प्रमुख शब्दावली

  • बेलवेदर स्टेट: ओहायो र मिजरीजस्ता ठाउँ राष्ट्रिय विजेता छनोटका लागि विश्वसनीय रहेका छन्।
  • एक्जिट पोल: मतदानस्थलबाट फर्किरहेका मतदातासँग व्यक्तिगत रूपमा गरिएको अन्तर्वार्तामा आधारित सर्वेक्षण। सानो सङ्ख्यामा मतदाताको अन्तर्वार्ता लिइने हुँदा एक्जिट पोलको परिणाम आधिकारिक गणनाको भन्दा फरक आउन सक्छ।
  • इलेक्टोरल कलेज: प्रत्येक राज्यलाई जनसङ्ख्याको अनुपातमा इलेक्टर (निर्वाचक) को सङ्ख्या छुट्याइएको छ। अधिकांश अवस्थामा जुनसुकै उम्मेदवारले राज्यमा जिते पनि उसले त्यहाँका सबै निर्वाचकको सङ्ख्या हात पार्छ। पछि तिनै इलेक्टर्सहरू भेला भएर राष्ट्रपति र उपराष्ट्रपति चुन्ने गर्छन्। इलेक्टोरल कलेजमा ५३८ मत भएकाले प्रत्येक उम्मेदवारले जित्न २७० मत ल्याउनुपर्नेछ।
  • प्रोजेक्शन र कलिङ: मतगणनामार्फत् मतदानको रात प्रत्येक राज्य र देशव्यापी मतदानको विजेता भविष्यवाणी वा प्रक्षेपण गरिन्छ। स्पष्ट विजेता घोषणा गर्ने पर्याप्त तथ्याङ्कहरू नजुटेसम्म कुनै राज्यमा यसले जित्यो भनिनेछैन।
  • स्विङ स्टेट वा ब्याटलग्राउन्ड स्टेट: यी राज्यमा स्पष्ट पार्टीगत आबद्धता कमजोर भएकाले डेमोक्र्याट र रिपब्लिकन उम्मेदवारहरू दुवैले त्यहाँ आँखा गाढेका छन्।
  • रेड स्टेट र ब्लू स्टेट: यी राज्यमा मतदाताहरूले निश्चित दललाई मतदान गर्ने गरेको देखिन्छ। राता राज्यले रिपब्लिकनलाई र नीला राज्यमा डेमोक्र्याटहरूको वर्चस्व रहने गरेको छ।
Section divider

कसले जित्दैछ कसरी थाहा पाउने

ठूलो सङ्ख्या हुलाकबाट मत खसेकाले यो वर्ष सुरुमै कसले अग्रता लिएको छ भन्न गाह्रो हुने देखिन्छ।

विभिन्न राज्यमा हुलाकबाट गरिएका मतगणना गर्ने आआफ्ना नियम छन्। फ्लोरिडा र एरिजोनाजस्ता राज्यले नोभेम्बर ३ अघि नै मतपत्र गणनाको प्रक्रिया अघि बढाए पनि विस्कन्सिन र पेन्सल्भेनियाले मतदानको दिनभन्दा अघि ती मतपत्र छुँदा पनि छुँदैनन्।

हुलाबाट मतदान

कतिपय राज्यमा हुलाकबाट पठाइएका मतपत्र कहिलेसम्म स्वीकार गर्ने भन्ने पनि फरकफरक समयसीमा छ। जोर्जाजस्ता केही राज्यले नोभेम्बर ३ अघि वा उक्त दिनसम्म प्राप्त भएका मतपत्रलाई स्वीकार गर्छन् भने ओहायोजस्ता राज्यले नोभेम्बर ३ सम्म हुलाकमा छाप लगाइएको मतपत्रलाई स्वीकार गर्छन्।

केही राज्यमा हामीलाई पूर्ण नतिजा आउन हप्तौँ लाग्न सक्छ जसको अर्थ औपचारिक रूपमा भावी अमेरिकी राष्ट्रपति को बन्ने कहिले निर्क्योल हुन्छ भनेर भविष्यवी गर्न लगभग असम्भव छ।

अघिल्लो पटक अवस्था यस्तो थिएन। सन् २००८ मा चुनावी परिणाम एक घण्टाभित्रै आएको थियो र सन् २०१२ मा १५ मिनेटभित्रै।

गत निर्वाचनमा मतदान भएको रात डोनल्ड ट्रम्पले पेन्सल्भेनियामा जित हात पारेपछि (०६:३५ जीएमटीमा) उनले हिलरी क्लिन्टनलाई हराउने निश्चित भएको थियो।

Section divider

यस्तो पासोमा नपर्नूस्

यस वर्ष ध्यान दिनुपर्ने थप कुराहरू पनि छन्।

प्रारम्भिक परिणामले झुक्याउन सक्छन्। केही राज्यमा मतदानको दिन खसाइएका मतपत्रको गणना पहिले गरिन्छ। त्यसबाट राष्ट्रपति ट्रम्पलाई बढी समर्थन प्राप्त हुनसक्ने देखिन्छ किनभने प्रारम्भिक सर्वेक्षणमा उनका समर्थकहरूले नोभेम्बर ३ मा मतदान गर्ने योजना बनाएको देखिन्छ।

कतिपय अरू राज्यमा मा नोभेम्बर ३ भन्दा अघि हुलाकबाट खसाइएका मतलाई सुरुमा सामेल गर्ने वा त्यही दिन दायर भएका मतपत्रमा मिसाएर गणना गर्ने गरिन्छ। त्यस्ता राज्यमा बाइडनलाई बढी समर्थन मिल्ने देखिन्छ किनभने रिपब्लिकन भन्दा डेमोक्र्याटहरूले यस वर्ष हुलाकबाट बढी मत खसाउने सम्भावना बढी देखिन्छ।

त्यसबाहेक चुनावमा धाँधली हुने चिन्ता पनि छ।

राष्ट्रपति ट्रम्पले उक्त विषय आफ्नो अभियानका क्रममा बारम्बार उठाएका थिए। अमेरिकामा चुनावमा धाँधली एकदमै दुर्लभ ठानिन्छ र हुलाकबाट खसाइएका मत विशेष रूपमा शङ्कास्पद रहेको प्रमाण देखिँदैन।

सन् २०१७ मा गरिएको एउटा अध्ययनले अमेरिकामा मतदानमा धाँधलीको दर ०.००००४ प्रतिशत देखि ०.००००९ प्रतिशत रहेको देखाएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिकाको चुनावमा कति खर्च हुन्छ?

मतदान सम्पन्न भएपछि प्रमुख अमेरिकी समाचारसंस्थाहरूले चुनावी मोडललाई प्रयोग गरेर कसले कुन प्रतिस्पर्धामा जित हासिल गर्छन् भन्ने अनुमान गर्छन्।

त्यस क्रममा एक्जिट पोलदेखि स्थानीय अधिकारीहरूले गणना गरेका मतलाई तथ्याङ्क भण्डारमा विश्लेषण गरिन्छ।

स्पष्ट अग्रता हुने विश्वास गरेपछि ती सञ्चारमाध्यमले आफ्नो निर्णय सुनाउँछन्। तर त्यो अन्तिम परिणाम नभई प्रक्षेपण मात्रै हो।

राष्ट्रपतिको निर्वाचनमा त्यही लागु हुन्छ। राज्यहरूलाई सबै मतपत्र गनेर सक्न हप्तौँ लाग्छ। यसपालि हुलाकबाट अघिल्लो चुनावको तुलनामा सम्भवतः दोबर मतपत्र खस्ने देखिएकाले ती सबैलाई खामबाट निकालेर रुजु र गणना गर्न अझ धेरै समय लाग्छ।

Section divider

स्पष्ट विजेता फेला परेन भने के हुन्छ?

यदि नोभेम्बर ३ को चुनावमा स्पष्ट परिणाम देखा परेन भने हामीले मतगणना सम्पन्न नहुन्जेल केही दिन वा हप्ता कुर्नुपर्छ।

ग्रफिक्स

सबै मत रातिबाटै गणना नहुन सक्छन् तर यो वर्ष अझ समय लाग्न सक्छ।

त्यसबाहेक कानुनी विवादहरू पनि देखा पर्न सक्छ जसले अनिश्चितता निम्त्याउन सक्छ र त्यसमा अदालतको भूमिका पनि रहन्छ।

Section divider

ध्यान दिनुपर्ने राज्य कुनकुन हुन्?

अन्तिम परिणाम आउन समय लाग्छ भन्ने हामीलाई थाहा छ।

तर केही राज्यहरूले हामीलाई प्रारम्भिक सङ्केत दिन सक्छन्।

बुधवार जीएमटी ००:३० मा (नेपाली समयानुसार बिहान ६:१५ बजे) नोर्थ क्यारलाईना मतदान सम्पन्न हुनेछ।

ठूलो सङ्ख्यामा मानिसहरू आफैँ उपस्थित भएर मतदान गर्ने भएकाले त्यहाँ चाँडै प्रक्षेपण आउन सक्ने ठानिन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिकी चुनावको मत सर्वक्षण कति यथार्थपरक

सन् २०१६ मा डोनल्ड ट्रम्पले झिनो अन्तरले त्यहाँ जितेका थिए।

त्यहाँ ट्रम्प वा बाइडन जसले जिते पनि उनीहरूका लागि त्यो सुखद रात हुनेछ।

त्यसलगत्तै जीएमटी ०१:०० मा (नेपाली समयानुसार ६:४५ बजे० फ्लोरिडामा अन्तिम मतदान सकिनेछ। चुनाव जित्न वा हार्न निर्णायक ब्याटलग्राउन्ड स्टेट मानिने उक्त राज्यमा पनि यसपालि त्यस्तै हुनसक्छ। सुरुमा स्वयं उपस्थित भएर र हुलाकमार्फत् गरिएको मतको गणनाको विवरण सुरुमा फ्लोरिडामा दिइने हुँदा त्यो बाइडनको पक्षमा हुने लख काटिएको छ।

जीएमटी ०२:०० मा एरिजोनामा मतदान सम्पन्न हुनेछ। त्यहाँ अक्टोबर २० बाटै मतगणना थालिएको छ। सन् २०१६ मा त्यहाँ ट्रम्पले जिते पनि पछिल्ला राष्ट्रव्यापी सर्वेक्षणले बाइडनले साँघुरो अन्तर कायम गर्ने देखाएको छ। सुरुमा वा हुलाकबाट मत खसाउनेहरूका कारण त्यहाँ पनि बाइडनले अग्रता लिन सक्छन्।

अरू कैयौँ राज्यमा कुनै पनि मतपत्र नोभेम्बर ३ भन्दा पहिले गणना गरिनेछैन। त्यही भएर कतैतिर पनि स्पष्ट झुकाव नराखेका कैयौँ राज्यको परिणाम मतगणना सकिएपछि मात्र थाहा हुनसक्छ।

Link box banner bottom