तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रयोग भइसकेका तीन लाखवटाभन्दा बढी कन्डम भियतनाम प्रहरीद्वारा बरामद
भियतनाममा गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम प्रहरीले बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो।
भिडिओ फुटेजमा कन्डमका दर्जनौँ झोला देखिन्छ।
प्रहरीले दक्षिणी भेगमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मार्दा फेला परेको हो।
उक्त गोदामको मालिक भन्ठानिएकी एक महिलालाई पक्राउ गरिएको छ।
ती कन्डमलाई पहिले पखालिएको अनि लिङ्गको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइएको बताइन्छ।
त्यस्ता कन्डमलाई पुनः प्याक गरी बेच्ने गरिएको बताइएको छ।
भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार पक्राउ परेकी महिलाले त्यस्तो कन्डम प्रतिकिलो ०.१७ अमेरिकी डलर आफूले प्राप्त गर्ने बताएकी छन्।
अहिलेसम्म त्यस्ता कति कन्डम बजारमा बेचियो भन्ने स्पष्ट हुन सकेको छैन।
यो पनि हेर्नुहोस्