समुद्रमा शार्कले श्रीमतीलाई लुछ्न थालेपछि एक व्यक्ति मुड्की हान्दै जाइ लागे

समुद्र

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यो वर्षको सुरुमा न्यू साउथ वेल्समा एक किशोरको शार्कको आक्रमणमा मृत्यु भएको थियो

अस्ट्रेलियाका सञ्चारमाध्यममा एक व्यक्तिले विश्वका सबभन्दा ठूला माछामध्ये मानिने ह्वेल शार्कको आक्रमणमा परेकी आफ्नी श्रीमतीलाई जोगाएको घटनाले निकै चर्चा पाएको छ।

उनले सानो डुङ्गा आकारको सर्फबोर्डबाट हाम फालेर श्रीमतीलाई लुछिरहेको शार्कलाई झम्टिएको र नछाड्दासम्म उक्त सामुद्रिक जीवलाई मुड्की बजारिरहेको बताइएको छ।

शार्कले आक्रमण गर्दा ३५ वर्षीया शान्टेल डोयल नामक ती महिला न्यू साउथ वेल्सको पोर्ट मक्वोरीस्थित शेली समुद्री तटमा सर्फबोर्डमा तैरिँदै थिइन्।

तर उनी शार्कको कब्जामा परेको देखेपछि उनका पति जाइलागे र उनी मुक्त नहुँदासम्म मुड्की हानेर किनारमा पुर्‍याए।

दाहिने खुट्टामा गम्भीर घाउ भएकी डोएलको हवाई उद्धार गरियो।

पोर्ट मक्वोरी न्यूजले विज्ञहरूलाई उद्धृत गर्दै डोयललाई तीन मिटर जति लम्बाइ भएको बच्चा शार्कले आक्रमण गरेको ठानिएको उल्लेख गरेको छ।

प्रशंसा

न्यू साउथ वेल्स सर्फ लाइफ सेभिङका प्रमुख कार्यकारी स्टीभन पीएर्सले सञ्चारमाध्यमले मार्क रेप्लेको आँटको प्रशंसा गरेका छन्।

सिड्नी मोर्निङ हेराल्डले उनको भनाइ उद्धृत गर्दै लेखेको छ, "ती मानिस शार्कमाथि जाइ फाले र श्रीमतीलाई छुटाउन त्यसलाई हिर्काए। त्यसपछि समुद्र किनारसम्म पुग्न सहयोग गरे। निकै बहादुरी र बलपूर्ण काम।"

न्यू साउथ वेल्स एम्बुलेन्सका इन्स्पेक्टर एन्ड्रू बेभर्लीले स्वास्थ्यकर्मी पुग्नुअघि डोयललाई समुद्री तटका मानिसहरूले प्राथमिक उपचार गरेको जानकारी दिए।

एउटा ठूलो शार्क

तस्बिर स्रोत, Getty Images

उनले भने, "त्यहाँ उपस्थित मानिसहरूले गरेको सहयोग सराहनीय छ। उनीहरूले प्रशंसायोग्य काम गरेका थिए।"

केही महिनायता उक्त तटीय क्षेत्रनजिक शार्कले गम्भीर खालको आक्रमण गरेको यो तेस्रो घटना भएको जानकारी उनले दिए।

घाइते महिलालाई विमानबाट न्यू क्यासल अस्पतालमा शल्यक्रियाको निम्ति लगिएको र उनको अवस्था स्थिर रहेको बताइएको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, ओभल: लकडाउनमा इन्टरनेटमा चर्चित बनेको माछा