तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बीबीसी बहस: महामारीले भारतबाट स्वदेश फर्कायो, गाउँठाउँमा अवसरको खोजी
आप्रवासी कामदारका रूपमा काम गर्न भारत पुगेका लाखौँ नेपाली कोरोनाभाइरस महामारीसँगै आफ्नो गाउँ फर्केका छन्।
गाउँ फर्केका नेपालीसँग गरिखान अवसर उपलब्ध छन् त?
आफै भारतमा आप्रवासी कामदारको जीवन बिताएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भन्छन्- "त्यस्ता कामदारका लागि भनेर कोष खडा गरिएको छ। कामका अवसर जुटाउने प्रयत्न पनि भइरहेको छ।"
तर आप्रवासीसम्बन्धी अनुसन्धान गरेका डा. जीवन बानियाँ भन्छन्, "असाध्यै तल्लो वर्गमा पर्ने त्यस्ता नेपालीको कुनै पनि कोषमा पहुँच हुने नगरेको इतिहास छ।"
मुख्यमन्त्री भट्ट भन्छन्, "बिना धितो ऋण दिन्छौँ र आफ्नै देशमा काम गरीखाने वातावरण बनाउँछौँ।"
भारतमा कम्तीमा दश लाख नेपाली कार्यरत रहेको अनुमानित तथ्याङ्क छ।
भारतमा जाने नेपाली कामदारका लागि अन्य देशमा जाने आप्रवासी नेपाली कामदारको तुलनामा वीमा लगायत कुनै पनि व्यवस्था अहिलेसम्म छैन।
भारतमा कार्यरत नेपालीका समस्या के छन्? उनीहरूका लागि कस्तो व्यवस्था गरिनुपर्छ?
आफ्नै देशमा गरिखाने अवस्था बनाउन के गर्न सकिन्छ?
कुनैबेला भारतमा श्रमिक रहेका अहिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र आप्रवासी कामदारका विभिन्न पाटामा अनुसन्धान गरेका डा. जीवन बानियाँसँग बीबीसी बहस सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोस्।
अनि यो पनि: