भारत विमान दुर्घटनाः एअर इन्डिया एक्सप्रेसको यात्रुवाहक जेट अवतरणका क्रममा केरलामा दुर्घटनाग्रस्त

विमान दुर्घटना

तस्बिर स्रोत, ANI

संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान दक्षिण भारतीय राज्य केरलास्थित एउटा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

विमानमा चालकदलका छ सदस्यसहित १९० जना भएको बताइएको छ। तीमध्ये १० जना शिशु थिए।

क्यालिकट विमानस्थलमा अवतरणको क्रममा उक्त जेट दुर्घटनाग्रस्त भएको भारतको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

धावनमार्गमा विमान दुई टुक्रा भएका तस्बिरहरू सामाजिक सञ्जालमा राखिएका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको च दर्जनौँ मानिसहरू घाइते भएका अधिकारीहरूले बताएका छन्।

विमानसेवा कम्पनीका अनुसार दुई विमानचालकको पनि मृत्यु भएको छ।

स्थानीय समयानुसार साँझ दुर्घटना भएपछि उद्धारकार्य थालिएको थियो।

सो क्षेत्रमा ठूलो वर्षा भइरहेको थियो।

Map

भारतमा मनसुनयाममा पहिला पनि विमानहरू दुर्घटनामा परेका छन्।

सन् २०१० मे महिनामा एअर इन्डिया एक्सप्रेसको विमान मङ्ग्लोरमा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त हुनँदा १५८ जनाको मृत्यु भएको थियो।

मङ्ग्लोरमै गत वर्ष जुलाई महिनामा पनि एउटा विमान दुर्घटनामा परेको थियो। तर त्यसमा कसैको पनि मृत्यु भएन।