कोरोना भाइरस भारत: बलीवुड अभिनेता अमिताभ बच्चन, छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि सङ्क्रमण

अमिताभ बच्चन

तस्बिर स्रोत, Reuters

पढ्ने समय: २ मिनेट

भारतका प्रख्यात अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि परीक्षण गर्दा परिवारका अन्य सदस्यमा पनि सङ्क्रमण देखिएको छ।

अभिषेककी पत्नी अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्यालाई पनि कोरोनाभाइरस देखिएको हो।

मुम्बईका असिस्टेन्ट म्युनिसिपल कमिश्नर विश्वास मोटेले ऐश्वर्यालाई कोरोनाभाइरस सङ्क्रमण भएको बीबीसी हिन्दीलाई बताएका छन्। महाराष्ट्रका स्वाथ्यमन्त्री राजेश टोपेले त्यसबारे ट्वीट गरेर जानकारी दिएका थिए।

शनिवार अमिताभ र अभिषेक सङ्क्रमित भएको पुष्टि भएको थियो।

उनीहरू सङ्क्रमित भएपछि बलीवुडका हस्तीहरू र उनीहरूका प्रशंसकहरूले सुस्वास्थ्यको कामना गरेका छन्।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिट्वरमार्फत् उनीहरूको स्वास्थ्यलाभको कामना गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

अमिताभ बच्चनले आफूलाई कोभिड-१९ भएको मध्यराततिर ट्वीटमार्फत् जानकारी गराएका थिए।

लगत्तै उनका छोरा तथा फिल्म अभिनेता अभिषेक बच्चनले पनि आफू पनि सङ्क्रमित भएको जानकारी दिएका थिए।

दुवैलाई ट्विटरमा हजारौँ शुभेच्छुकले स्वास्थ्यलाभको कामना गरेका छन्। त्यसमा बलीवुडका कलाकारदेखि पत्रकार, खेलाडी, राजनीतिककर्मी र सर्वसाधारणलगायत विभिन्न क्षेत्रका मानिसहरू छन्।

ट्विटरमा अमिताभ बच्चनका चार करोड ३० लाखभन्दा बढी र अभिषेक बच्चनका डेढ करोडभन्दा बढी फलोअर छन्।

बच्चन

तस्बिर स्रोत, Reuters

नआत्तिन आग्रह

अभिताभ बच्चनले ट्वीट गर्दै भनेका छन्, "मेरो परीक्षण पोजेटिभ देखिएको छ, अस्पतालमा भर्ना भएको छु। अस्पतालले अधिकारीहरूलाई सूचित गरिरहेको छ। परिवारका सदस्य र हाम्रा कर्मचारीहरूको पनि परीक्षण गरिएको छ...।"

उनी ७७ वर्षका छन्। पाँच दशकदेखि हिन्दी फिल्मका स्टार बनेका उनले २०० वटा चलचित्रमा अभिनय गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

उनका छोरा ४४ वर्षीय अभिषेक बच्चनले ५० भन्दा बढी चलचित्रमा अभियन गरेका छन्।

उनले ट्वीटमा आफू र आफ्ना बुवालाई सामान्य लक्ष्ण देखिएको जनाएका छन्।

अभिषेक बच्चनले सबैलाई शान्त रहन र नआत्तिन आग्रह गरेका छन्।

दुवै जना मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

परीक्षण गर्न आग्रह

अस्पतालका एक अधिकारीले इन्डियन एक्सप्रेस पत्रिकालाई बताएअनुसार दुवैको स्वास्थ्य अवस्था स्थिर छ।

अभिताभ बच्चनले विगत १० दिनमा आफूसँग सम्पर्कमा रहेका सबैलाई परीक्षण गराउन आग्रह गरेका छन्।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले समाचारसंस्था एएनआईलाई दिएको जानकारी अनुसार अमिताभ बच्चनकी पत्नी जया बच्चनको पनि परीक्षण गरिएको थियो।

बच्चनको स्वास्थ्यलाभको कामना गर्दै पूजा

तस्बिर स्रोत, EPA

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'यति पसिना आउँछ कि हामी टाउकोदेखि खुट्टासम्म भिज्छौँ'