कोरोना भाइरस: मानिसमा ‘कोभ्याक्सीन’ खोप परीक्षण गर्ने तयारीमा भारत

तस्बिर स्रोत, Getty Images
भारतमा कोरोनाभाइरसविरुद्ध बनाइएको एउटा खोपको जुलाई महिनामा मानवमा परीक्षण हुने भएको छ।
उक्त परीक्षणमा स्वयंसेवीहरू सहभागी हुनेछन्।
हैदराबादस्थित भारत बायोटेकले निर्माण गरेको खोपको परीक्षणमा कति मानिस सहभागी हुन्छन् भन्ने स्पष्ट पारिएको छैन।
पशुहरूमा गरिएको परीक्षणमा उक्त खोप सुरक्षित भएको र त्यसले शरीरको प्रतिरोध प्रणालीलाई सबल बनाउने देखिएको छ।
अहिले विश्वका विभिन्न स्थानमा खोप बनाउने करिब १२० वटा परियोजना सञ्चालन भइरहेका छन्।
छवटा भारतीय फर्महरू पनि खोप निर्माण र परीक्षणको काममा सहभागी छन्।
भारतको पहिलो
भारतमै सङ्कलन गरेर प्रयोगशालामा निस्तेज बनाइएको कोरोनाभाइरस प्रयोग गरी भारत बायोटेकले पहिलो खोप निर्माण गरेको हो।
प्रिक्लिनिकल परीक्षणका परिणामहरू पेस गरेपछि भारतीय औषधि नियामक निकायले आफूलाई दुई चरणमा मानव परीक्षण गर्ने अनुमति दिएको उसले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ।
स्थानीय रूपमा कोरोनाभाइरसको उक्त ‘स्ट्रेन’ (प्रकार) सङ्कलन गर्न सकिएकाले चाँडै खोप बनाउन सकिएको उक्त फर्मले बताएको छ।
उक्त भाइरसलाई उसले कोभ्याक्सीन नामकरण गरेको छ।
खोप निर्माणमा भारतको न्याश्नल इन्स्टिट्यूट अफ भाइरोलजी र इन्डिया काउन्सिल अफ मेडिकल रिसर्चसँग सहकार्य गरिएको भारत बायोटेकका डा. कृष्ण एल्लाले बताए।
उक्त फर्मले अहिलेसम्म विभिन्न खोपका चार अर्ब मात्रा विश्वभरि वितरण गरेको छ।
तिनमा एचवनएनवन र रोटाभाइरसविरुद्ध निर्मित खोपहरू पनि छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा









