कोरोना भाइरस नेपाल: थप ४२६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

तस्बिर स्रोत, Getty Images
नेपालमा विगत २४ घण्टामा थप ४२६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
यो वृद्धिसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ८,२७४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।
तीमध्ये १,४०२ जना निको भएका र २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
सरकारले बिहीवार सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएको थियो।
के छ अरू तथ्याङ्क?
बिहीवार मनाङमा पनि सङ्क्रमित भेटिएपछि ७७ मध्ये ७४ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,२०३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
असार ४ गते बुधवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क
८,२७४कुल सङ्क्रमण
७४प्रभावित जिल्ला
विगत २४ घण्टामा पीसीआर परीक्षण ६,२०३
चिकित्सकीय निगरानीमा अलग्गै६,८५०
देशभरि क्वारन्टीनमा१,०९,४६१
अहिलेसम्म निको१,४०२
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,६१,७४९ पुगेको छ।
क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
अहिले देशभरि १,०९,४६१ भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।
अहिले प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका छन्।



- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ










