तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्विट्जरल्यान्डको रेलमा तीन किलो सुन छोड्ने यात्रुको खोजी
सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा मानिसहरूले बेलाबेलामा आफ्नो सामान छुटाउँछन्।
स्विट्जरल्यान्डमा एक व्यक्तिले सुन भरिएको झोला नै छुटाएको सार्वजनिक भएको छ।
गत अक्टोबरमा रेलको डिब्बामा तीन किलो सुन छोड्ने व्यक्ति पत्ता लगाउन प्रयास जारी छ।
झन्डै दुई करोड नेपाली रुपैयाँ मूल्यको सो झोला सेन्ट गाल्लेन र लुसेर्नबीचको रेलमा भेटिएको थियो।
यो पनि पढ्नुहोस्
एउटा सरकारी विज्ञप्तिमा त्यसको मालिकलाई प्रमाणसहित झोला लिन आउन पाँच वर्षको म्याद दिइएको छ।
झोला अक्टोबरमा भेटिएको भए पनि अधिकारीहरू मालिक पत्ता लगाउन असफल भएपछि अहिले त्यसको विवरण सार्वजनिक गरिएको हो।
अधिकारीले कस्तो प्रमाणलाई मान्यता दिन्छन् भन्ने कुरा स्पष्ट छैन।