कोरोना भाइरस नेपाल: प्रहरीको निसानामा सरकारविरोधी प्रदर्शन

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रहरीको निसानामा सरकारविरोधी प्रदर्शन

कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले चालेका कदमहरू अपर्याप्त भएको भन्दै देशका विभिन्न स्थानमा विरोध भइरहेको छ।

बिहीवार काठमाण्डूको बालुवाटारस्थित प्रधानमन्त्री निवासनजिकै भएको प्रदर्शनमा भिड नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गरेको छ।

प्रदर्शनकारीहरूले कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले गरेको खर्च पारदर्शी बनाइनुपर्ने र पीसीआर विधिबाट गरिने परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका थिए।

हेर्नुहोस् सामाजिक सञ्जालमा प्रेषित भिडिओमा आधारित यो सामग्री।

अनि यो पनि