कोरोना भाइरस नेपाल: विदेशबाट शव ल्याउन सरकारको तयारी यस्तो छ
लकडाउनको अवधिमा विभिन्न कारणले खाडी मुलुकमा नेपाली श्रमिकको मृत्यु भएको र उनीहरूको शव नेपाल ल्याउन नसक्दा अन्तिम संस्कार हुन सकेको छैन।
महामारीको बेला स्वास्थ्य सुरक्षाका दृष्टिकोणले शव नेपाल ल्याउन नमिल्ने बताउँदै गन्तव्य मुलुकमै अन्तिम संस्कार गर्न मृतकका परिवारलाई आग्रह गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।
झन्डै ९० जना मृतकका आफन्तले उतै अन्तिम संस्कार गर्न सहमति दिएका छन्।
तर अझै कम्तीमा १४८ शव नेपाल ल्याउनु पर्ने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताएका छन्।
ती शवको कसरी व्यवस्थापन गर्ने तयारी छ? हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि