कोरोना भाइरस: ह्यारी पोटर उपन्यासकी लेखिकाद्वारा १० लाख पाउन्ड दान

तस्बिर स्रोत, Getty Images
लकडाउनका बेला जोखिममा रहेका मानिसहरूलाई सहयोग गर्दै आएका परोपकारी संस्थाहरूलाई लोकप्रिय उपन्यास 'ह्यारी पोटर'की लेखिका जेके रोलिङले १० लाख पाउन्ड दान दिने भएकी छन्।
त्यसमध्ये आधा रकम घरविहीन मानिसहरूलाई सहयोग गर्ने संस्था र आधा घरेलु दुर्व्यवहारका पीडित महिलाहरूलाई सहयोग गर्ने संस्थालाई दिइने छ।
उपन्यासको एउटा महत्त्वपूर्ण दिनको सन्दर्भ पारेर रोलिङले सामाजिक सञ्जाल ट्विटरमार्फत् त्यस्तो घोषणा गरेकी हुन्।
शनिवार उनको उपन्यासमा उल्लेख गरिएको एउटा प्रमुख घटनाको वार्षिकोत्सव थियो।
ट्विटरमा शनिवार उनले लेखेकी छन्, "ब्याटल अफ हगवार्ट्सको आज २२औ वार्षिकोत्सव हो। तर म इमान्दारीसाथ भन्न चाहन्छु कि काल्पनिक मृत्युका बारेमा कुरा गर्नु अनुचित हुन्छ।"
उपन्यासको उक्त घटना एउटा युद्धबारे हो र त्यसमा धेरै मारिएका थिए।
रोलिङले भनिन्, "वास्तविक संसारमा धेरैले आफ्ना प्रियजनहरू गुमाइरहेका छन्।"
एडिन्बरामा बस्दै गरेका बेला ह्यारी पोटरका धेरै कथाहरू लेखेकी रोलिङका अनुसार घरविहीन कैयौँ असुरक्षित वा दुर्व्यवहार सहन बाध्य मानिसहरू यो बेला चरम दु:ख पाइरहेका छन् र उनी तिनलाई सहयोग गर्न चाहन्छिन्।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा









