कोरोना भाइरस: उदयपुरमा थप ११ सहित अब सङ्क्रमितको कुल सङ्ख्या ४२

तस्बिर स्रोत, MOHP/Twitter
उदयपुर जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या लगातार बढेर २४ पुगेको छ।
त्यहाँको एक मस्जिदमा रहेका एक दर्जनभन्दा बढी मानिसमा यसअघि नै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।
एकजनाको सङ्क्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् मङ्गलवार दिउँसो गरिएको थियो।
साँझ थप १० जनामा पनि सङ्क्रमण पाइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बीबीसीलाई जानकारी दिएका छन्। तीमध्ये ९ जना पुरुष र २ जना महिला रहेका बताइएको छ।
योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ।

उदयपुर र वीरगञ्जमा लक्षित परीक्षण
वीरगञ्जमा गत साता तीनजनामा सङ्क्रमण पुष्टि भएको र लगत्तै उदयपुरमा धेरै सङ्ख्यामा पुष्टि भएपछि ती दुई स्थानलाई लक्षित गरेर सङ्क्रमणको परीक्षण दायरा फराकिलो पारिएको अधिकारीहरूले बताएका थिए।
ती दुई स्थानमा सङ्क्रमितहरूको सम्पर्कबारे सूचना लिएर शङ्कास्पदहरूको नमुना जाँच भइरहेको बताइएको थियो।
वीरगञ्जमा २२१ जना र उदयपुरमा ३२० जनाको पीसीआर विधिमार्फत् अनि अन्यको द्रुत विधि आरडिटीमार्फत् जाँच भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका थिए।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ









