हजुरआमा: हामी कहाँ पढ्न पाउनु? नातिनी: मलाई पढाउन बाआमाको झगडा

अडिओ क्याप्शन सुरु हुँदैछ, हजुरआमा उमेरकी खुमादेवी पाण्डे र नातिनी उमेरकी दुर्गा कार्कीबीच बहस

नेपालमा अहिले जीवित रहेका हजुरआमा र नातिनी पुस्ताले भोगेको जीवनमा ठूलो भिन्नता रहेको पाइन्छ।

अनपढ (जो पछि आफै साक्षर बनिन्) हजुरआमा पुस्ताकी धादिङकी खुमादेवी पाण्डे र नातिनी पुस्ताकी दुर्गा कार्कीबीच भएको बीबीसी बहसमा दुई पुस्ताले भोगेको जीवनमा रहेको चर्को भिन्नता प्रष्ट देखिन्छ:

हजुरआमा: हाम्रा पालामा कहाँ स्कूल पढ्न पाउनु? दाजुभाइलाई स्कूल, हाम्रो काम बस्तु चराउने।

नातिनी - मेरी आमा लुकीलुकी स्कूल जानुभयो। मलाई राम्रो शिक्षा दिनेबारे मेरा बाआमाले झगडा गर्नुभयो।

हजुरआमा - घर छोडेर हिँड्न पाइन्नथ्यो।

नातिनी - म उच्च शिक्षाका लागि काठमाण्डू आउँदा मेरी परम्परावादी हजुरआमाले 'पढाइ गर्दा सजिलो हुन्छ, कपाल काट्नु' भन्नुभयो।

हजुरआमा - सात वर्षको उमेर भएपनि ७० वर्षको मान्छेसँग बिहे गरिदिन्थे। म नौ वर्षकी थिएँ, २० वर्षका व्यक्तिसँग बिहे गरिदिए।

हजुरआमा - मेरी हजुरआमाले भनेको नमान्ने भन्ने त सोच्न पनि सकिन्नथ्यो।

नातिनी - मैले त हजुरआमाले भनेका मेरो आफ्नो सुरक्षासम्बन्धी बाहेक धेरै कुरा मानिन। जस्तो कि महिनावारी बार्ने कुरा।

हजुरआमा - हामीलाई महिनावारी बार्नुपर्छ भनेर सिकाइयो। अहिले बार्न हुँदैन भन्ने सिकाउन थालेका छन्।

अरू बीबीसी बहस: