बीबीसी बहस: उखु किसान र व्यावसायीहरूबीच किन खिचातानी

अडिओ क्याप्शन सुरु हुँदैछ, उखु किसान र व्यावसायीहरूबीचको खिचातानी किन

लामो समयदेखि भुक्तानी नपाएका उखु किसान र व्यावसायीहरूबीच अझै पनि खिचातानी छ।

सरकारले किसानहरूको रकम भुक्तानी नगर्ने उद्योगका ब्याङ्कखाता र आर्थिक कारोबार रोक्का गर्ने बताइरहेका बेला किसानहरूले भने रकम हात नपरेसम्म ढुक्क हुने अवस्था नरहेको बताएका छन्।

व्यवसायीहरू चाहिँ चिनी उद्योग धराशायी हुँदै गएका कारण समयमै रकम चुक्ता गर्न गाह्रो परेको सुनाउँछन्।

नगदेबाली उखु, नगदमै किनबेच हुने चिनी तर उद्योगी र व्यावसायीबीच किन उधारो व्यवहार?

यसै विषयमा उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराई र चिनी उत्पादक सङ्घका अध्यक्ष शशीकान्त अग्रवालसँग गरिएको बीबीसी बहस सुन्नुहोस्।

अनि यो पनि