बीबीसी बहस: भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका कस्तो हुनुपर्छ
केही साताअघि आफ्नो वार्षिकोत्सव मनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिव र कर्मचारीसहित दजर्नौँ व्यक्तिविरुद्ध अनुसन्धानपछि मुद्दा चलाएको छ।
तर उही प्रकरणमा संलग्न दुई पूर्वप्रधानमन्त्री र केही नेतालाई नछोएको भनेर आयोगको आलोचना पनि भएको छ।
यही प्रसङ्गमा नेपालमा भ्रष्टाचार कसरी नियन्त्रण हुन सक्छ र सुशासन कायम गर्ने उपाय के हुन सक्छन् भन्ने विषयबारे आयोगका काम कारबाही नजिकैबाट नियाल्दै आएका नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र भ्रष्टाचारबारे खबरदारी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्स्परेन्सी इन्टर्न्याश्नलको नेपाल समितिका अध्यक्ष तथा पूर्वसचिव खेमराज रेग्मीसँग गरिएको बहस।
अनि यो पनि