केपी ओली सरकारको कार्यशैली: गगन थापा र सूर्यथापाबीचको बहस

अडिओ क्याप्शन सुरु हुँदैछ, गगन थापा र सूर्य थापाबीच सरकारका कार्यशैलीबारे बहस

झण्डै दुई तिहाई बहुमत प्राप्त सरकार एकपछि अर्को विवादमा तानिएपछि त्यसलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्।

यस्तोमा विशेषगरी सत्तारूढ नेकपाभित्रै पछिल्लो समयमा बाहिर आएका कलहले प्रधानमन्त्री थप कमजोर भएका विवरण आइरहेका छन्।

तर बीबीसी बहसमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नकारात्मक सोचाइका कारण सरकारको आलोचना गरिएको भन्दै देशमा प्रधानमन्त्री ओलीको विकल्प नरहेको बताए।

उनले सरकारले भ्रष्टचारविरूद्ध कदमहरू चालेको भन्दै उठेका प्रश्नहरूको जवाफ संसदलगायत सबै फोरममा दिन प्रधानमन्त्री तयार रहेको बताए।

कांग्रेस नेता गगन थापाले संख्यात्मक हिसाबले बलियो भएपनि गठन भएको दुई वर्ष नाघ्दा आफ्नो प्रस्तुतीको हिसाबले ओली सरकार औसत भन्दा तल रहेको बताए।

उनले सुशासन लगायत यावत विषयहरूमा सरकारमाथि प्रश्नहरू उठेको भन्दै दलभित्रको घर झगडाका कारण प्रधानमन्त्री कमजोर देखिएको उल्लेख गरे।

कांग्रेस नेता गगन थापा र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच बहस।

अनि यो पनि