तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ओस्कर्स २०२०: दक्षिण कोरियाली चलचित्र प्यारासाइटले इतिहास रच्यो
दक्षिण कोरियाली चलचित्र 'प्यारासाइट'ले यो वर्षको ओस्कर्समा उत्कृष्ट चलचित्रको पुरस्कार जितेर नयाँ कीर्तिमान बनाएको छ।
सो चलचित्र उक्त पुरस्कार जित्ने अङ्ग्रेजीबाहेक अन्य भाषामा बनेको पहिलो चलचित्र हो।
'जोकर' चलचित्रका लागि ओआकिन फिनिक्सले उत्कृष्ट नायक र 'जुडी' चलचित्रकी रेने जेल्वेगरले उत्कृष्ट नायिकाको पुरस्कार जितेका छन्।
ब्र्याड पिटले 'वन्स अपन अ टाइम इन हलिउड' का लागि उत्कृष्ट सहनायक र लोरा डेर्नले 'म्यारिज स्टोरी' का लागि उत्कृष्ट सहनायिकाको पुरस्कार हात पारेका छन्।
प्यारासाइटले उत्कृष्ट निर्देशनसहित चारवटा उपाधि जित्यो भने साम मेन्डेसको 1917 चलचित्रले तीनवटा उपाधि जितेको छ।