तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वयात्राका क्रममा टुकटक चढेर नेपाल आइपुगे युवा इञ्जिनियर
पूर्वी अफ्रिका जाम्बियामा जन्मिएका सिल्भेन टिओ थाइल्याण्डबाट तीनपाङ्ग्रे अटो अर्थात् टुकटुक चढेर नेपाल आइपुगेका छन्।
विश्वभरिका मानिसहरू बस्ने घरको अवस्थाबारे अध्ययन र अव्यवस्थित बासस्थानबाट बालबालिकाको सुरक्षा कसरी गर्ने भन्ने बारे जनचेतना अभिवृद्धि गर्ने मूल लक्ष्य रहेको उनको भनाइ छ।
पेसाले आर्किटेक्ट इञ्जिनियर उनी विश्वयात्राका क्रममा थाइल्याण्डबाट झण्डै ८ हजार ४०० किलोमिटर दूरी तय गर्दै नेपाल आएका हुन्।
'टुकटुक गाई'का नामले चिनिएका २६ वर्षीय सिल्भेनले टुकटुकलाई खाने, बस्ने, सुत्ने समेत मिल्ने गरी परिमार्जन गरेका छन्।
मानिसहरूसँग घुलमिल हुन र सहकार्य गर्न सजिलो हुने भएकोले आफूले यात्राका लागि टुकटुक रोजेको उनी बताउँछन्।
हालसम्म छ देश पुगेका उनले थप ३५ हजार किलोमिटर दूरी तय गरी झण्डै २० देश घुमेर बेल्जियम पुग्ने लक्ष्य राखेका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि