तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'१ हजारबाट सुरु गरेको अचार व्यवसायको अहिले वार्षिक साढे दुई करोडको व्यापार'
विगत ८ वर्षदेखि अचारको व्यवसाय गर्दै आएकी काठमाण्डू मनमैजुकी वशुमाया तामाङका अनुसार उनको यो वर्षको कुल विक्री साढे दुई करोड रुपैयाँ पुगेको छ।
'नेपाली मन' उद्योगकी सञ्चालिका उनले अहिले ५० जनाभन्दा बढीलाई रोजगारी दिएकी छन्।
उनका अनुसार उनले उत्पादन गरेको अचार अमेरिका, अस्ट्रेलियालगायत युरोपका विभिन्न देशमा निर्यात हुने गरेको छ।
एकल महिला उनले श्रीमान्ले सम्बन्धविच्छेद गरेपछि बालुवा बोक्ने, गाडामा म:म: बेच्ने लगायतका काम गरेकी थिइन्।
"म:म: को अचार मिठो भएन भन्ने ग्राहकको गुनासो आएपछि, म नाम चलेका थुप्रै पसलमा कसरी बनाउनुहुन्छ भन्ने बुझ्दै पनि गएँ," उनले भनिन्, "मैले कसरी मिठो बनाउने होला भनेर धेरै सोचेपछि हाम्रो घरमा टिमुरको छोप बनाउने गरेको सम्झेँ। त्यसपछि नै मलाई यो अचार बनाउने उपाय सुझ्यो।"