दक्षिण एशियाली खेलकुद: सागमा पहिलो पटक फेन्सिङ, पाँच राष्ट्र सहभागी

भिडिओ क्याप्शन सुरु हुँदैछ, सागमा पहिलो पटक तरबारको खेल
Published

आइतवारदेखि सुरु हुने १३औँ दक्षिण एशियाली खेल सागमा फेन्सिङ अर्थात् तरबारबाजी पहिलो पटक समावेश हुँदैछ।

नेपालका २४ जनासहित भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्ग्लादेशका खेलाडीहरू यसमा प्रतिस्पर्धा गर्दैछन्।

उनीहरूले १२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

यस खेलमा तरबारले विपक्षी खेलाडीलाई आक्रमण गरेर अङ्क बटुलिन्छ।

तर आधुनिक ओलिम्पिकमा खेल प्रारम्भ हुँदा फेन्सिङ पनि समावेश भएको बताइन्छ।

नेपालमा फेन्सिङको लामो इतिहास छैन। अन्तर्राष्ट्रिय फेन्सिङ महासङ्घ र एशियाली फेन्सिङ महासङ्घबाट स्वीकृति प्राप्त भएपछि फेन्सिङले नेपालमा सन् २०१० मा प्रवेश पाएको हो।

फेन्सिङमा नेपाली युवाहरूको आकर्षण बढेको भए पनि आवश्यक भौतिक पूर्वाधार तथा अनुभवी प्रशिक्षकको अभाव भएको खेलाडीहरू बताउँछन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि