भूकम्पपछि फेरिएको रङ्गशालाको नयाँ रूप
२०७२ सालको भूकम्पका कारण जीर्ण बनेको दशरथ रङ्गशालाले दक्षिण एशियाली खेलकुद (साग)को पूर्वसन्ध्यामा नयाँ रूप पाएको छ।
पुनर्निर्माण अन्तिम चरणमा पुगेको रङ्गशालामा साग खेलकुदका उद्घाटन र समापन रङ्गशालामा हुने खेलकुद परिषद्ले जनाएको छ।
मुख्य चिन्ताको विषय बनेको भीआईपी प्यारापिटको छानो हाल्ने काम पनि यसै हप्ताको अन्त्यसम्ममा सकिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाले बताए।
प्यारापिटमा विभिन्न रङ्गका ११ हजार चार सय वटाभन्दा बढी कुर्सी राखिसकिएको छ भने विशिष्ट अतिथिका लागि चार हजार वटा कुर्सी पनि यसै साता थपिँदैछन्।
निर्धारित समयमा रङ्गशाला नबन्दा विश्वकप फुटबल छनौटको एक खेल भुटानमा आयोजना गर्नुपरेको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि: