दक्षिण एशियाली खेलकुदमा 'गल्फमा पदक पक्का'
मंसिर १६ देखि २० गतेसम्म काठमाण्डूमा हुने गल्फमा नेपालले पदक जित्ने पक्का भएको प्रतियोगी तथा प्रशिक्षकले बताएका छन्।
नेपालबाट उक्त खेलमा पाँच पुरुष र तीन महिला खेलाडीले भाग लिने बताइएको छ।
अभ्यास गरिरहेका खेलाडीहरू पदक जित्न बलियो स्थितिमा रहेको एकजना प्रशिक्षक दिपक थापा मगरले बताए।
सार्क राष्ट्रका तीनहजार भन्दा बढि खेलाडीहरु प्रतियोगिताका लागि काठमाण्डूमा भेला हुँदैछन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि: