बैकुण्ठ मानन्धर: नेपाली धावकले नै आफ्नो ३२ वर्ष पुरानो कीर्तिमान भङ्ग गरून् भन्ने इच्छा

भिडिओ क्याप्शन सुरु हुँदैछ, बैकुण्ठ मानन्धर: ३२ वर्ष पुरानो कीर्तिमान अझै कायम

काठमाण्डूको कालीमाटीमा जन्मिएका बैकुण्ठ मानन्धरले सन् १९८७ मा भारतको कोलकातामा ४२ किमि दूरी दुई घण्टा १५ मिनेट तीन सेकेन्डमा पूरा गरेर दक्षिण एशियाली कीर्तिमान बनाएका थिए।

आफूले ३६ वर्षको उमेरमा राखेको कीर्तिमान ६८ वर्ष हुँदा पनि कसैले भङ्ग गर्न नसकेको देख्दा मानन्धर आश्चर्य व्यक्त गर्छन्।

उनी अहिले प्रशिक्षकका रूपमा सक्रिय रहेका छन्।

मंसिर १५ गते काठमाण्डूमा सुरु हुने १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागमा आफ्नो कीर्तिमान नेपाली धावकले नै भङ्ग गरून् भन्ने उनको चाहना छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि