यूकेको एसिक्समा बल्गेरियाबाट आएको लरी कन्टेनरभित्र ३९ वटा शव फेला

वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको छ र त्यहाँ प्रहरीले घेराबन्दी गरेको छ।

तस्बिर स्रोत, Google

तस्बिरको क्याप्शन, वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको छ र त्यहाँ प्रहरीले घेराबन्दी गरेको छ

यूकेको एसिक्समा एउटा लरी कन्टेनरभित्र ३९ वटा शव फेला परेका छन्।

ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा स्थानीय समयानुसार राति १:४० तिर त्यहाँ शव भएको सूचना पाएपछि एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको थियो।

हत्याको आशङ्कामा नोर्दन आयरलन्डका २५ वर्षीय लरी चालकलाई पक्राउ गरिएको छ।

एसिक्स प्रहरीका अनुसार उक्त लरी बल्गेरियाबाट हिँडेको र एङ्गलसीको हलिहेड हुँदै शनिवार ब्रिटेन छिरेको थियो।

अहिलेसम्म ३८ जना वयस्क र एक किशोरको मृत्यु भएको थाहा भएको प्रहरीले जनाएको छ।

एसिक्सका प्रहरीप्रमुख एन्ड्र्यू मरिनरका अनुसार अधिकारीहरूले मृतकको पहिचान गर्ने प्रयास गरिरहेका छन्। तर त्यसको प्रक्रिया लामो हुन सक्ने बताइएको छ।

Map: Grays in Essex compared with London

उनका अनुसार लरीचालकलाई घटनासँग सम्बन्ध भएको आशङ्कामा पक्राउ गरिएको हो।

"हाम्रो छानबिन सुरु भइसकेकाले उनी हिरासतमा रहेका छन्," उनले भने।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यो दु:खद घटनाबाट आफू स्तब्ध भएको टिप्पणी गरेका छन्।

"मैले घटनाबाट निरन्तर जानकारी लिइरहेको छु र गृह मन्त्रालयले सत्यतथ्य पत्ता लगाउन एसिक्स प्रहरीसँग मिलेर गर्नेछ," जोनसनले भने।

घटनास्थल

वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको छ र त्यहाँ प्रहरीले घेराबन्दी गरेको छ।

सन् २००० को जुन महिनामा ५८ चिनियाँ आप्रवासीका शव ब्रिटेनको डोभरमा एउटा लरीको पछाडि फेला पारिएको थियो। त्यहाँ दुई जना जीवितै थिए।

हत्या गरेको अभियोगमा उक्त लरीका डच चालकलाई जेल सजाय भएको थियो।

Presentational grey line

यो पनि पढ्नुहोस्