तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इन्द्रजात्रा: सेनाको तोपको बढाइँ र सर्वसाधारणको जात्रा मनाउन पाउने रूखको लिङ्गोको कथा
इन्द्रजात्राको लिङ्गो भक्तपुरको चितापोलस्थित एक सामुदायिक वनबाट काटेर तानेरै काठमाण्डूको हनुमानढोका पुर्याइन्छ।
विगतमा वनसम्म बाटो नपुग्दा लिङ्गो तान्न कठिन हुने गरेकोमा हाल बाटो फराकिलो र पक्की बनेकाले तान्न सजिलो भएको केन्द्रीय मानन्धर सङ्घले जनाएको छ।
शिवरात्रिमा नै लिङ्गोका लागि सल्लाको रूख छान्ने र पञ्चाङ्ग समितिले जुराएको साइतमा रातिमा रूख काटिन्छ।
नेपाली सेना, मानन्धर समाज र गुठी संस्थान लगायतका प्रतिनिधिले रूख तानेर भोटाहिटी हुँदै हनुमानढोका पुर्याउँछन्।
लिङ्गो उठाएपछि मात्र इन्द्रजात्रा विधिवत् सुरु भएको मानिन्छ।
र उक्त लिङ्गो वाग्मती नदीमा विसर्जन गरेपछि जात्रा औपचारिक रुपमा समापन हुने गर्दछ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।