तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यो भोटो कसको हो, प्रमाण ल्याउ
आज भोटो जात्रा अर्थात् झन्डै एक महिना लामो रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाएपछि सकिने दिन।
परम्परा अनुसार रातो मच्छिन्द्रनाथको रथ जावलाखेल ल्याएको चौथो दिन भोटो देखाइन्छ।
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ वैशाख ५ गते पुल्चोकबाट मङ्गलबजार, सुन्धारा, लगनखेलको थटी हुँदै जाउलाखेल ल्याइएको हो।
उक्त भोटो छ महिना बुङ्गमतीमा र छ महिना मच्छिन्द्रबहालको ढुकुटीमा राखिन्छ।
किंवदन्ती अनुसार कर्कोटक नागराजले आफ्नी रानीको आँखा निको पार्ने वैद्यलाइ उपहारस्वरूप उक्त बहुमूल्य रत्नजडित भोटो वैद्य समेत रहेका एक किसानलाई दिएका हुन्।
श्रीमती निको भएपछि नागराजले किसानलाई उपहार माग्न भनेपछि रानीले नै लगाएको भोटो मागेको एक किंवदन्ती छ।
तर एउटा भूतले त्यो भोटो चोरेपछि विवाद बढ्यो र भोटो दाबी गर्न प्रमाण ल्याउन भनियो।
तर न त भूत न किसानले नै प्रमाण जुटाउन नसकेपछि उक्त भोटोलाई मच्छिन्द्रनाथको रथबाट चारै दिशामा देखाउने परम्परा बसेको विश्वास छ।
भुकम्पपछि बुङ्गमतीको मन्दिरको सुरक्षा संवेदनशीलता बढेको भन्दै मन्दिरका पुजारीहरू भोटोको सुरक्षाप्रति चिन्तित देखिएका छन्।
रातो मच्छिन्द्रनाथ पुजारी सङ्घका अनुसार ३१ जना पुजारीले पन्ध्रपन्ध्र दिनको पालोमा भोटो लगायतका बहुमूल्य वस्तुको सुरक्षा निगरानीमा खटिन्छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।