ट्याटू खोप्दै हुनुहुन्छ? यी कुरामा ध्यान दिनुस्
नेपालमा शरीरमा ट्याटू खोप्ने प्रचलन पुरानै भएपनि हाल यो युवापुस्तामाझ फेसनको रूपमा फैलिएको छ।
तर लहैलहै र रहरले ट्याटू बनाएर पछि पश्चात्ताप गर्नेहरू पनि कम नरहेको ट्याटू कलाकारको भनाइ छ।
कतिपयले ट्याटू बनाउँदा प्रयोग हुने रङ्ग र सियोबारे सचेत नबन्दा गम्भीर समस्या भोगेको चिकित्सकहरू बताउँछन्।
सुरक्षित रूपले सियो प्रयोग नगर्दा हेपाटाइटिस बी, एचआईभी र क्षयरोग रोग सर्ने सम्भावना रहन्छ।
उच्च वा कम रक्तचाप भएका र मधुमेह रोग लागेका व्यक्तिहरूले ट्याटू खोप्नु स्वास्थ्यका हिसाबले गलत हुनसक्ने कलाकारको भनाइ छ।
हेर्नुहोस् ट्याटू खोप्दा ध्यान दिनुपर्ने कुराहरूका बारेमा कमल परियारले बनाएको यो भिडिओ -

