नाइटक्लबको शौचालयमा हिन्दू देवीदेवताका चित्र

तस्बिर स्रोत, INSTAGRAM/UMKEETAH
अमेरिकाको न्यूयोर्कस्थित 'हाउस अफ एस' नामक नाइटक्लबमा हिन्दू देवीदेवताका चित्रहरू राखिएको विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको छ।
ती चित्रप्रति अमेरिकाको ओहायो राज्यमा बस्ने भारतीय मूलकी एक अमेरिकी महिला अंकिता मिश्राले आपत्ति जनाएकी हुन्।
मिश्राले आफ्नो इन्स्टाग्राम पोस्ट र ब्लगमा यस विषयमा लेखेकी छन्।
उनले शौचालयको तस्बिर र भिडियो पनि प्रेषित गरेकी छन्।
'चारैतिर'
ती महिलाले ब्राउनगर्ल नामक एउटा साइटमा प्रकाशित ब्लगमा सो विषयबारे विस्तृतमा रूपमा लेखेकी छन्।
मिश्राका अनुसार उनी गत महिना सो नाइटक्लबमा गएकी थिइन्।आफ्ना साथीहरूले महँगा खानेकुरा मगाएकाले उनले त्यहाँको भीआईपी बाथरुम प्रयोग गर्ने अवसर पाएकी थिइन्।
पहिला शौचालयको भित्ताका भएका चित्रमा आफ्नो ध्यान नपुगेको भए पनि ट्वाइलेट पेपर निकाल्न लाग्दा महादेवको चित्र देखेको उनी बताउँछिन्।
त्यसपछि चारैतिर हेर्दा अन्य देवीदेवताका तस्बिर चारैतिर देखेर आफू छक्क परेको उनले लेखेकी छन्।
यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
Instagram पोस्ट समाप्त
त्यहाँ गणेश, सरस्वती, काली र शिवका तस्बिरहरू राखिएका थिए।
असन्तुष्टि
उनले ब्लगमा लेखेकी छन्, "एक तरिकाले म मन्दिरमा थिएँ, तर सबै कुरा उल्टो थियो। मैले जुत्ता लगाएकी थिएँ र म थुकिरहेकी थिएँ…।"
आफूले यस्तो परिस्थिति पहिला पनि भोगेको भन्दै उनले यस विषयलाई 'उपनिवेशवाद' सँग जोड्न खोजेकी छन्।
उनी लेख्छिन्, "म रुबिन म्यूजियम अफ आर्टमा शिक्षिका थिएँ जहाँ मेरो सांस्कृतिक पृष्ठभूमिका कारण ममाथि व्यङ्ग्य गरिन्थ्यो। तर यो घटना मैले बेवास्ता गर्न सकिनँ।"
उनले सामाजिक सञ्जालमा पनि यसबारे लेखिन् र अन्तमा नाइटक्लबलाई इमेल लेखेर यसमा आफ्नो असन्तुष्टि व्यक्त गरिन्।
गत महिना पठाइएको इमेलमा उनले "सार्वजनिक स्थानमा शान्ति कायम रहोस् भनेर आफू मौन रहने गरेको भए पनि फेसबुक र इन्स्टाग्राममा यसबारे आफ्नो अनुभव लेखेपछि म तपाईँहरूसँग सीधै कुरा गर्न चाहन्छु" लेखेकी थिइन्।
अंकिता मिश्राले गुनासो गरेपछि सो क्लबले क्षमायाचना गरेको छ।








