तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
धोनी: पन्जामा रहेको सेनाको लोगो हटाउन भनेपछि भारतीय समर्थक रुष्ट
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले क्रिकेट खेलाडी एमएस धोनीलाई उनले विकट किपिङ्ग गर्दा लगाउने पन्जामा राखिएको संकेत चिन्हलाई विश्वकप अवधिभर हटाउन भनेपछि भारतीय नागरिकहरू उनको समर्थनमा उभिएका छन्।
धोनी भारतको एउटा जगेडा स्थल सैन्य फौजको सदस्य हुन् र उनले आफ्नो पन्जामा त्यो विशेष सैन्य फौजको लोगो राखेका छन्।
त्यसरी पन्जामा लोगो राख्दा उसको नियम उल्लङ्घन हुने आइसीसीको भनाइ छ तर उसले धोनीलाई जरिबाना भने नलगाउने जनाएको छ।
भारतको क्रिकेट बोर्डले भनेको छ धोनीले उक्त आदशेको पालना गर्ने छैनन्।
पन्जा लगाइरहने
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)का एकजना वरिष्ठ अधिकारीले पिटीआइ समाचार एजेन्सीलाई भनेका छन्, धोनीलाई उक्त संकेत चिन्ह सहितको लोगो लगाउन दिन उसले आइसीसीलाई औपचारिक पत्र लेखेको छ।
तर धोनीले उक्त संकेत चिन्ह भएको पन्जा लगाइरहने पनि उनले बताए।
उक्त लोगोमा कमान्डोको चक्कुको चिन्ह रहेको छ र यसलाई भारतमा बलिदान ब्याज भनिने गरिन्छ। जारी विश्वकपमा भारतको पहिलो खेलमा धोनीले त्यो पन्जा लगाउँदा धेरै भारतीयहरूले उनको प्रशंसा गरेका थिए।
त्यसकारण आइसीसीको पछिल्लो निर्णय प्रति धेरै भावुक भारतीयहरूले प्रतिकृया दिएका छन्।
पहिलो पटक होइन
धेरैले धोनी र भारतीय सेनाप्रति आफूले गर्व गरेको भन्दै ट्विट गरेका छन्।
अन्यले चाहिँ बिहीवार वेस्ट इन्डिज र अस्ट्रेलियाबीच भएको खेलमा ब्याट्समान क्रिस गेललाई लगातार तीन बल खेल्दा दुई पटक आउट भएको भन्ने गलत निर्णय गरेको घटना प्रति संकेत गर्दै आइसीसीलाई खेलको निर्णय तर्फ केन्द्रित रहन भनेका छन्।
क्रिकेट र सैन्य पृष्ठभूमिलाई एकै स्थानमा ल्याएको कारण धोनी विवादमा परेको यो पहिलो पटक भने होइन।
मार्चमा उनले आफ्नो क्रिकेट टोलीका साथीहरूलाई सैन्य शैलीको टोपी बाँडेका थिए र उनीहरूले भारत प्रशासित कश्मीर क्षेत्रमा भएको एउटा हमलामा मारिएका ४०भन्दा बढी अर्ध सैन्य फौजप्रति श्रद्धान्जली स्वरूप एउटा अन्तराष्ट्रिय खेलमा त्यो टोपी लगाएका थिए।
खेलमा राजनीति
उक्त कश्मीर हमलाको घटनापछि राष्ट्रिय भावना निकै बढेको थियो र भारत र पाकिस्तानबीच झण्डै युद्ध भएको थियो।
पाकिस्तानले भने भारतीय टोलीले खेलमा राजनीति मिसाएको आरोप लगाएको थियो र आइसीसीलाई त्यस्तो कार्य प्रति कारबाही गर्न माग गरेको थियो।
परिषदले भारतलाई उक्त टोपी लगाउन अनुमति दिएको प्रतिक्रिया दिएको थियो।
प्राविधिक पक्ष
यसपटक आइसीसीको आपत्ति अरूभन्दा पनि प्राविधिक पक्षसँग सम्बन्धित देखिन्छ।
आइसीसीले भनेको छ उसको नियम अनुसार विकेट किपिङ पन्जामा दुईवटा मात्र लोगो राख्न पाइन्छ र त्यसबाहेक अरू केही राख्न पाइँदैन।