तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बीबीसी नेपाली सेवा: ५० वर्ष प्रवेश गर्दासम्मका महत्त्वपूर्ण मिति
बीबीसी नेपाली सेवा स्थापनाको५०औँ वर्षमा प्रवेश गरेको छ। बीबीसीमा नेपाली भाषा सेवाको प्रथम प्रसारण सन् १९६९ जुन ७ मा भएको थियो।
पहिलो कार्यक्रम पूरन अग्रवालले प्रस्तुत गरेका थिए।
प्रारम्भिक वर्षहरूमा हप्ताको एक दिन शनिवार ३० मिनेट कार्यक्रम प्रसारण हुनेगर्थ्यो।
सन् १९७४ देखि बीबीसी नेपाली सेवा हप्ताको तीन पटक (सोमवार, बुधवार र शुक्रवार) प्रत्येक दिन १५ मिनेट प्रसारण हुन थाल्यो।
जुलाई ३०, १९८४ देखि बीबीसी नेपाली सेवाको प्रसारण समय बढेर ३० मिनेट भयो। कार्यक्रम हप्तामा तीन दिन (सोमवार, बुधवार र शुक्रवार) प्रसारण हुन्थ्यो।
पछि जेनुअरी १९८८ देखि कार्यक्रम सोमवारदेखि शुक्रवारसम्म दैनिक २० मिनेट प्रसारण हुन थाल्यो।
एप्रिल ७, १९९० देखि बीबीसी नेपाली सेवा सोमवारदेखि शनिवारसम्म हप्ताको छ दिन प्रसारण हुन थाल्यो।
सोही वर्ष जुलाई महिनादेखि देखि कार्यक्रम प्रसारणका लागि भू-उपग्रह सम्पर्क प्रयोगमा ल्याइयो। रेडियो नेपालका फ्रिक्वेन्सीहरूमा बीबीसी नेपाली सेवाको कार्यक्रम प्रसारण भयो।
जेनुअरी १९९२ देखि बीबीसी नेपाली सेवा हप्ताको सातै दिन प्रसारण हुन थाल्यो।
अगस्ट १, २०१३ देखि बिहानीपख १५ मिनेट लामो प्रसारण सुरु भयो।
मार्च ११, २०१९ देखि डिजिटल सेवा विस्तार गर्दै बीबीसी नेपाली सेवाको रेडियो कार्यक्रम हप्ताको पाँच पटक (सोमवारदेखि शुक्रवार) प्रत्येक दिन ४५ मिनेट प्रसारण हुँदै आएको छ।
सबै तस्बिरको सर्वाधिकार बीबीसीमा