सगरमाथा आरोहण: नयाँ विश्व कीर्तिमान राख्दै कामिरिता शेर्पा २४ औँ पटक सर्वोच्च शिखरमा

कामिरिता शेर्पा
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी नेपाली सेवा

नेपाली आरोही कामिरिता शेर्पाले २४औँ पटक सगरमाथा आरोहण छन्।

उनी मङ्गलवार बिहान ६:३८ मा विश्वको सर्वोच्च शिखरमा पुगेको पर्यटन विभागका अधिकारीहरूले पुष्टि गरेका हुन्।

"आज बिहान कामिरिता शेर्पाले सगरमाथा आरोहण गरेका छन्," विभागका पर्वातारोहण निर्देशक मीरा आचार्यले बताइन्।

सोलुखुम्बुको थामे गाउँका ४९ वर्षीय कामिरिताले आफ्नै नाममा रहेको धेरै पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन्।

सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने आरोहीको सूचीमा दोस्रो स्थानमा रहेका आरोहीहरूभन्दा उनले तीन आरोहण बढी गरेका छन्।

दोस्रो स्थानमा रहेकाहरूमध्ये पर्वतारोहणमा सक्रिय ङिमा नुरु शेर्पा तिब्बततर्फबाट २२औँ आरोहणका लागि प्रयासरत छन्।

कामिरिता शेर्पा

तस्बिर स्रोत, Seven Summit Treks

तस्बिरको क्याप्शन, सगरमाथाको २३ औँ आरोहणबाट आधार शिविर फर्केपछि टोली सदस्यका साथ कामिरिता शेर्पा

भारतीय प्रहरी टोलीको नेतृत्व

कामिरिता शेर्पाको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले भारतीय प्रहरीको टोलीको नेतृत्व गर्दै उनले शनिवार आरोहण सुरु गरेको बताए।

कामिरिताले यसअघि मे १५ मा २३ औँ पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका थिए।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्।

सबैभन्दा बढी सगरमाथा आरोहण . . सबै आरोही नेपाली हुन्।.

एकै याममा दुई पटक

कामिरिताले एकै याममा दुई पटक सगरमाथा चढेको यो चौथो पटक हो।

यसअघि उनले पनि तीन आरोहण याममा दुई दुई पटक सगरमाथा चढिसकेका छन्।

उनले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए।

सन् २०१२ मा पनि उनी दुई पटक चुचुरोमा पुगेका थिए। तर आधार शिविर नआइकन चौथो शिविरबाटै पुन: माथि लागेकोले त्यसले छुट्टै आरोहणको मान्यता पाएन।