नेपालमा यतीको पाइला: भारतीय सेनाको दाबीमाथि सामाजिक सञ्जालमा ठट्टा

भारतीय सेनाले नेपालमा यतिको अस्तित्वको प्रमाण भेटेको दाबी गरेको छ

तस्बिर स्रोत, Indian Army

तस्बिरको क्याप्शन, भारतीय सेनाले नेपालमा यतिको अस्तित्वको प्रमाण भेटेको दाबी गरेको छ

भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरमा यतीको पैतालोको छाप भेटेको दाबी गरेपछि सामाजिक सञ्जालमा ठट्टाको विषय बनेको छ।

सोमवार सेनाले ६० लाख फलोअर्स भएको ट्विटरबाट आफ्नो आरोहण दलले 'मकालुको आधार शिविरमा 'मिथक कथामा वर्णित यतीको रहस्यमय पैतालो छाप भेटेको' जानकारी दिएको छ।

ठूलो बाँदरजस्तो जनावरका रूपमा वर्णित यति दक्षिण एशियाका लोककथाहरूमा भेटिन्छ।

हालसम्म यतीको अस्तित्वको बारेमा कुनै प्रमाण नभए पनि दक्षिण एशियामा यसलाई विश्वास गर्नेहरू छन्।

र, भारतीय सेनाले आफ्नो आधिकारिक ट्विटरमा यतीको 'पैतालोको छापको तस्बिर' प्रकाशन गरेर त्यो कथामा नयाँ कोण थपेको छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

त्यो तस्बिर एप्रिल ९ मा खिचिएको भए पनि भारतीय सेनाले यतिका बारेमा प्रचलित सिद्धान्तहरूसँग मेल खाएको निश्चित गरेपछि मात्रै प्रकाशित गरेको टाइम्स अफ इन्डिया पत्रिकाले लेखेको छ।

सामाजिक सञ्जालमा उत्पन्न शङ्कालाई लक्षित गर्दै भारतीय सेनाले यतीका अस्तित्वका बारेमा प्रमाणको तस्बिर खिचिएको र सम्बन्धित विज्ञहरूलाई हस्तान्तरण गरेको बताएको छ।

"त्यसैले हामीले सोच्यौँ कि वैज्ञानिक सोचलाई आकर्षण गर्न र रुचिलाई पुनर्ताजगी गर्न यो सार्वजनिक गर्नुपर्छ।"

यती हिमालयको माथिल्लो भागमा बस्ने मानिन्छ र यति वा यसका पैतालोका छाप देखेको कथाहरू नेपाल, भारत र भुटानमा प्रचलित छ।

सन् २०१३ मा ब्रिटिश वैज्ञानिकहरूको टोलीले यती हिमालमा पाइने भालुको एक उपप्रजाति हुनसक्ने निष्कर्ष निकालेको थियो।

ट्विटरमा मानिसहरूले भारतीय सेनाको दाबीलाई विश्वास नलागेको बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space
यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

भारतीय सेनाको दाबीमाथि ठट्टा गर्नेहरू पनि उत्तिकै छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space
यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

Presentational white space
यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

Presentational white space

हालैका वर्षमा यतीको अस्तित्वका बारेमा थुप्रै अनुसन्धानहरू भएका छन्।

सन् २०११ मा ५० वर्षअघि नेपालबाट लन्डन पुरर्‍याइएको एउटा 'यतीको औँला' मानिसको हाड भएको प्रमाणित भएको थियो।

नेपालमा पत्रकार कनकमणि दीक्षितले यतीको पाइला बनाउने तरिका भन्दै ट्विटरमा भारतीय सेनाको दाबीलाई प्रश्न गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

Presentational white space
Presentational grey line

यतीको वास्तविकता

कनकमणि दीक्षित

हिमाली शृंखलामा मानवबाट अलग्गिएको एउटा प्राणी यती हो कि भनेर वैज्ञानिकहरूले समेत अनुमान गरेका थिए । हिउँमा हिंड्ने वनमान्छेको किंबदन्ती तथ्यमा आधारित हो कि भन्ने पनि थियो ।

विश्वका ठूल्ठूला स्तनधारी प्राणी सबैको जाति-प्रजाति गणना नभइसकेकोले एकाध शताब्दीअघिसम्म हिमालय क्षेत्रको कुनाकाप्चामा मानवसँग नजिक सम्बन्ध राख्ने दुईखुट्टे प्राणी छ भन्ने रोमाञ्चक सम्भावना छँदैथियो । फेरि हिमाली भेकका विभिन्न गुम्बामा 'यती' नाम गरिएको जनावरको अवशेष राखिएको भन्ने पनि थियो- कतै एउटा सुकेको हातको हड्डी, कतै भुत्ले रौं रहेको छाला वा पिठ्यूँ ।

यती रहेको सबभन्दा गतिलो प्रमाण त कहलिएका पर्वतारोही एरिक शिप्टनद्वारा आयो । उनले दोलखाको गौरीशंकर हिमालको पूर्वोत्तर मेलुङ्से हिमनदीमा एउटा पाइलाको तस्वीर खिचे सन् १९५१ मा । मानिस जसरी हिंड्ने कुनै जनावरको जस्तो देखियो त्यो पाइलाको डोब । शिप्टनको त्यो तस्वीरले यती नामक प्राणी रहेछ नै भन्ने विश्वास धेरैलाई दिलायो ।

सगरमाथाको प्रथम आरोही जोडीका एडमण्ड हिलारीले पनि पांगबोचे गुम्बामा रहेको यतीको भनिएको अंगको रौं अनुसन्धानको लागि समुद्रपार लगे ।

पश्चिममा 'नेचर टेलिभिजन' च्यानलहरूले केही वर्ष बिराएर यतीको खोजी अभियान चलाई नै रहे ।

गत साता एउटा विस्तृत वैज्ञानिक रिपोर्ट प्रकाशित भयो युनिभर्सिटी अफ् बफेलोकी वैज्ञानिक शार्लट् लिङ्क्वीस्टद्वारा 'प्रोसिडिङ्गस् अफ् द रोयल सोसाइटी' जर्नलमा ।

विभिन्न हिमाली भेगबाट संकलित 'यतीका अंग र छाला' हरूको जेनेटिक अनुसन्धानपछि निक्र्योल भयो- सबै 'स्पेसिमिन' एक न एक परिचित हिमाली भालु प्रजातिसँग सम्बन्धित रहेछ । कुनै रौं हिमाली 'ब्राउन बेर' को, कुनै हिमाली 'ब्ल्याक बेर', कुनै केको ... ।

अध्ययन गरिएका सबै अंग यतीका नभएपछि बाँकी रह्यो विभिन्न बेला यतीको 'साइटिङ' को सन्दर्भ, यसलाई पनि अन्य प्रमाण नहुनुको कारण कल्पनामा आधारित नै भन्नुपर्‍यो ।

यती जस्तो प्राणी थियो नै भने कतै न कतै कसैले एउटा प्रष्ट तस्वीर वा भिडियो खिचेको हुनुपर्ने थियो, यतीको बासस्थान भएको प्रमाण जुट्नुपथ्र्यो अथवा मरेको यतीको लास या अस्थिपञ्जर या कुनै अवशेष भेटिनुपथ्र्यो । यती जस्तो ठूलो जीउडालको प्राणी संसारका आँखाबाट आजसम्म बाहिर रहिरहनु सम्भव छैन ।

यद्यपि, यती छैन भन्नु भन्दा छ भन्नुमै रोमान्स छ । यती प्राणी भइदिएको भए कति गज्जब । तर विज्ञानको आड लिई भन्नु नै पर्ने हुन्छ- यती अस्तित्वमा रहेनछ । गुडबाई यती !

(हिमाल खवरपत्रिकाका प्रकाशक कनकमणि दीक्षितको उकालो लाग्दा स्तम्भको सम्पादित अंश।)

Presentational grey line