सन्दीप लामिछाने: छैटौँ खेलमा रोयल च्यालेन्जर्स ब्याङ्लोरका कुनकुन खेलाडीको विकेट लेलान्

सचिन तेन्दुलकरसँग सन्दीप लामिछाने

तस्बिर स्रोत, Twitter/Sandeep Lamichhane

क्रिस गेलजस्ता खेलाडीको विकेट लिएपछि इन्डियन प्रिमियर लिग (आइपीएल) खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले केही दिनअघि निकै ठूलो चर्चा पाए।

आइतवार रोयल च्यालेन्जर्स ब्याङ्लोरविरुद्ध दिल्ली क्यापिटलसको खेलमा पनि उनले बलिङ गर्ने अवसर पाएका छन्।

यो वर्षको आईपीएलमा आइतवार आफ्नो छैटौँ खेल खेल्दैछन्।

यसअघि उनले किङ्स इलेभन पञ्जाबका तीन महत्त्वपूर्ण खेलाडीको विकेट लिएका थिए। दिल्लीले पाँच विकेटले खेल जित्दा लामिछानेको योगदान महत्त्वपूर्ण मानिएको थियो।

अहिलेसम्म उनले पाँच खेलमा आठ विकेट लिएका छन्।

खेलपछि उनले पाएको प्रत्येक अवसरमा आफूलाई प्रमाणित गर्नुपर्ने बताएका थिए।

प्रशंसा

लगातार दुई खेलमा टोलीमा नपरेका सन्दीप लामिछानेले उक्त खेलमा निकै राम्रो प्रदर्शन गरेका थिए र उनको बलिङको निकै प्रशंसा पनि भयो।

दिल्लीमा भएको उक्त खेलमा उनले चार ओभरमा ४० रन दिएर तीन विकेट लिएका थिए।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

उनले वेस्ट इन्डिजका गेल, भारतका केएल राहुल र इङ्ग्ल्यान्डका स्याम्युएल म्याथ्यु कुरनजस्ता टेस्ट खेलाडीको विकेट हात पारेका थिए।

त्यही प्रदर्शनकै कारण उनी आइतवारको खेलमा बलिङ अल राउन्डर क्रिस मोरिसको स्थानमा टोलीमा परेका हुन्।

सिकार

इङ्ग्ल्यान्डका टेस्ट खेलाडी मोइन अली पनि दायाँ हाते बलर सन्दीप लामिछानेको सिकार भएका छन्।

आईपीएलको नियमानुसार कुनै पनि टोलीले चार जनाभन्दा बढी विदेशी खेलाडीलाई एउटा खेलमा खेलाउन पाउँदैन।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

त्यस्तै आठभन्दा बढी विदेशी खेलाडी खरिद गर्न पनि पाउँदैन।

त्यसैले लामिछानेले दिल्लीका लागि सबै खेल खेल्न पाएका छैनन्। अनि उनले भनेझैँ पाएको मौकामा आफूलाई प्रमाणित गर्न उनका लागि आवश्यक छ।

प्रतियोगिता

गत वर्ष आईपीएलमा अनुबन्ध भएयता सन्दीप लामिछानेले अस्ट्रेलियाको प्रख्यात क्रिकेट प्रतियोगिता बिग ब्याशमा खेलिसकेका छन्।

उनको टीम बिग ब्याश लीगको उपविजेता बनेको थियो।

उनले १८ वर्षको उमेरमै विश्व ११ लगायत विश्वका चर्चित क्रिकेट लीगहरुमा खेलिसकेका छन्।

उनले भारत क्यारेबियन, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लीगहरुमा खेलेका छन्।

उपलब्धि

गत वर्षको आईपीएलमा दिल्ली क्यापिटल्ट (दिल्ली डेयर डेभिल्स)ले सन्दीपलाई न्यूनतम खरिद मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो।

त्यस सिजनमा दिल्लीले उसको १२ ‍औँ खेलमा सन्दीपलाई खेलाएको थियो र उनले मैदान पसेको पहिलो खेलमै विकेट लिएका थिए।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

त्यतिबेला पनि सन्दीप लामिछानेको खेलको प्रशंसा भएको थियो।

त्यस बेला दिल्लीले उनलाई सिजनको अन्तिम तीन खेल लेखाएको थियो जसमा उनले पाँच विकेट लिएका थिए।

बिग ब्याशमा उनको राम्रो प्रदर्शनपछि दिल्लीले सन्दीप लामिछानेलाई सस्तोमा किनेको भन्ने चर्चा पनि चलेको थियो।

नेपाली क्रिकेटबारे चाख राख्ने ईसपीएनका पत्रकार पिटर डेला पेनाले "दिल्लीले तीन वर्षको लागि सन्दीपलाई न्यूनतम मूल्यमा किनेको छ। यो आईपिएलकै इतिहासमा सबैभन्दा सस्तो सौदा हुनसक्छ" भनी ट्वीट गरेका थिए।