आईपीएल क्रिकेट: दिल्लीले सस्तोमै किनेको हो त सन्दीपलाई

सन्दीप
Published
पढ्ने समय: ३ मिनेट

अस्ट्रेलियाको व्यावसायिक प्रतियोगिता मानिने बिग ब्यास क्रिकेट लीगमा नेपालका सन्दीप लामिछानेले लगातार राम्रो प्रदर्शन गरेपछि उनका प्रशंसकहरूले विभिन्न कोणबाट चर्चा गरिरहेका छन्।

पछिल्लो पटक सन्दीपको लेग स्पिनको प्रशंसा ईएसपीएन क्रिकइन्फोका खेल पत्रकार पिटर डेला पेनाले पनि गरेका छन्।

बिग ब्याशमा सन्दीपले तीन खेलमा सात विकेट लिएका छन् र उनी जारी लीगमा सबैभन्दा धेरै विकेट लिने बलरमा परेका छन्। उक्त लिगमा मेल्बर्न स्टार्ससंग अनुबन्ध भएका १८ वर्षे सन्दीपले सिड्नी सिक्सर्सविरुद्ध बिहीवार भएको खेलमा दुई विकेट लिएर आफ्नो टीमको जीतमा योगदान दिए।

त्यसलगत्तै पिटरले आईपीएलमा दिल्ली क्यापिटलले सन्दीपलाई सस्तोमा किनेको भन्दै ट्वीट गरे। नेपाली क्रिकेटमा पनि चाख देखाउने गरेका पत्रकार पिटरले उनको ट्विटमा लेखेका छन्, "दिल्लीले तीन वर्षको लागि सन्दीपलाई न्यूनतम मूल्यमा किनेको छ। यो आईपीएलकै इतिहासमा सबैभन्दा सस्तो सौदा हुनसक्छ।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

प्रशंसा

गत वर्षको आईपीएलमा दिल्ली क्यापिटल (दिल्ली डेयर डेभिल्स) ले सन्दीपलाई न्यूनतम खरिद मूल्य २० लाख भारूमा अनुबन्ध गरेको थियो। दिल्लीले यो वर्ष पनि उनलाई टीममा राखेको छ।

मूल्य नखुलाइए पनि जानकारहरूले पहिलेकै दरमा सन्दीपलाई पारिश्रमिक दिइने भन्दै त्यसबारे प्रश्न उठाएका हुन्।

बिग ब्यास र त्यसअघिका अन्य खेलमा चर्चीत खेलाडीको विकेट लिएका कारण पनि सन्दीपका प्रशंसकहरूको दायरा फराकिलो हुँदै गएको देखिन्छ।

उनले विश्व प्रसिद्ध खेलाडीहरूलाई पभेलियन फिर्ता पठाइसकेका छन्।

युरोपका अर्का खेल पत्रकार एन्ड्रयु निक्सनले लामो इतिहास बोकेको काउन्टी क्रिकेटको नियमका कारण सन्दीपले उक्त प्रतियोगितामा खेल्न नपाउनु निराशाजन भएको भन्दै ट्वीट गरेका छन्।

"म बाजी राख्छु उनले कुनै पनि काउन्टीको लागि क्रिकेटका तीनवटै स्वरुपमा राम्रो गर्नेछन्," सन्दीपको बारेमा एन्ड्रयुले आफ्नो ट्विटमा लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

सपना साकार

इङल्याण्ड क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को टेस्ट मान्यता पाएका अर्थात पूर्ण सदस्य राष्ट्रबाट खेलिसकेका क्रिकेट खेलाडीलाई मात्र श्रम स्वीकृति दिने नियम छ। तर नेपालले त्यस्तो मान्यता पाएको छैन।

अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले पनि बिग ब्याशमा सन्दीपको प्रदर्शनलाई पछ्याइरहेका छन्।

सन्दीप

तस्बिर स्रोत, SANDEEP LAMICHHANE/TWITTER

क्लार्कलेनै गत वर्ष सन्दीपलाई सिड्नीमा त्यहाँको एउटा घरेलु क्रिकेट खेल्ने अवसर मिलाइ दिएका थिए। त्यसबेला सन्दीपले बिग ब्याशमा खेल्ने आफ्नो सपना रहेको बताएका थिए।

सन्दीपले बिग ब्यासमा खेल्ने पक्का भए लगत्तै क्लार्कले 'सपना साकार हुन्छ' भन्दै ट्वीट गरेका थिए। र, प्रतियोगितामा सन्दीपले राम्रो खेल्दै गएपछि उनको प्रशंसा गर्दै दिनैपिच्छे अझ राम्रो हुँदै गएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्।

चर्चा

त्यसो त सन्दीपलाई आईपीएलमा दिल्लीले अनुबन्ध गरे पछि नै उनले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा चर्चा कमाएका हुन्। एक त एशोसिएट राष्ट्रका खेलाडी त्यो पनि १७ वर्षको कलिलो उमेरमा विश्व क्रिकेटमा ठूलो व्यावसायिक प्रतिगयोगता मानिने आईपीएलमा खेल्ने खबर भारतीय संचार माध्यममा पनि छाएको थियो।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

आईपीएमा दिल्लीले उसको १२ औं खेलमा सन्दीपलाई खेलाएको थियो र, पहिलो पल्ट मैदान पसेको खेलमै सन्दीपले विकेट लिएका थिए।

त्यस बेला पनि पिटरले सन्दीपको बलिङ एशोसिएट राष्ट्रबाट छनोट भएर कुनै पनि क्रिकेट खेलाडीले आईपीएलको आफ्नो पहिलो खेलमा गरेको उत्कृष्ट प्रदर्शन भएको टिप्पणी गरेका थिए।

अब

उसबेला दिल्ली डेयरडेभिल्सबाट अन्तिम तीन खेल खेलेर सन्दीपले पाँच विकेट लिएका थिए।

उनको आईपीएलको टीमले पनि सन्दीपले बिग ब्याशमा गरेको प्रदर्शनको खुलेरै प्रशंसा गरेको छ।

त्यसयता सन्दीपले विश्व-११ र क्यारेबियन, टी-१०, अफगान प्रिमियर लीग जस्ता चर्चित लीगहरुमा खेली सकेका छन्।

अब उनले बाङ्गलादेश र पाकिस्तानमा हुने लिगहरु खेल्ने छन्।