श्रीलङ्का आक्रमण: पाकिस्तानबाट श्रीलङ्का पुगेका अहमदी अनिश्चित यात्रामा

शरण लिन जाँदै

तस्बिर स्रोत, .

श्रीलङ्काको राजधानी कोलम्बोका गिर्जाघर र होटलमा भएको शृङ्खलाबद्ध आक्रमणपछि त्यहाँ रहेका अहमदी मुसलमानहरू त्रासमा परेको छन्।

अहिलेसम्मको अनुसन्धानका आधारमा सबै आक्रमणकारी मुस्लिम भएको बताइएको छ।

गत हप्ता आइतवारको घटनापछि नेगोम्बोस्थित सेन्ट सेब्यास्टियन गिर्जाघरनजिक बसिरहेका पाकिस्तानी मूलका अहमदी मुस्लिम नजिकै रहेको मस्जिदमा शरण लिइरहेका छन्।

गोम्बोके सेन्ट सेबेस्टियन गिर्जाघरमा भएको बम विस्फोटनमा कैयौँ मानिस मारिएका थिए।

अहमदी समुदायका मानिसहरूमा अब आफ्नो धर्मकै कारण स्थानीय बासिन्दाको निसानामा पर्ने त्रास पसेको छ।

अहिलेसम्म फजुला मस्जिदमा दुई सयभन्दा बढीले शरण लिएका छन्। श्रीलङ्कामा रहेका अहमदी सम्प्रदायको पाँचवटा मस्जिदमध्ये फजुला एउटा हो।

युरोप-अमेरिका जाने ट्रान्जिट

क्याथोलिक इसाईको घरमा भाडामा बसेका अधिकांश अहमदीहरू अहिले अन्यत्र शरण लिन बाध्य भएका छन्।

गिर्जाघर

तस्बिर स्रोत, Reuters

एप्रिल २१ तारिखमा भएको शृङ्खलाबद्ध आक्रमणपछि २४ तारिखबाट तनाव उत्पन्न भएको हो।

एक युवा हबिस रब्बा शोएबले भने, "म चर्चभन्दा अलिकति टाढा बस्थेँ। आक्रमणपछि मेरो घरपति निकै डराएका थिए। उनले मलाई घर छाड्न भने। मैले १३ हजार घरभाडा तिर्थेँ। हामीमध्ये कतिले छ महिनाको र कतिले त एक वर्षसम्मको भाडा दिइसकेका थियौँ। छाड्न भनेपछि के गर्न सक्छौँ र?"

संयुक्त राष्ट्रसङ्घको सहयोगमा उक्त क्षेत्रमा आठ सयभन्दा धेरै अहमदी मुसलमान बस्छन्। नेगोम्बोको उक्त क्षेत्रलाई अहमदीका निम्ति युरोप र अमेरिका जाने 'ट्रान्जिट' भनिन्छ।

पाकिस्तानबाट यहाँ आएपछि उनीहरूले युरोप र अमेरिकामा शरणको माग गर्छन्। उक्त इलाकामा केही वर्ष बिताएपछि उनीहरू शरणार्थीको रूपमा त्यता जान्छन्।

मस्जिद

तस्बिर स्रोत, .

घर लाहोर, मस्जिदको बास

पाकिस्तानमा पनि अहमदी सम्प्रदायले भेदभावको सामना गर्नुपर्छ। त्यहाँ उनीहरूलाई मुसलमान मानिँदैन।

पाकिस्तानको लाहोरका बासिन्दा आमिर सन् २०१५ देखि नेगोम्बोमा बस्छन्।

उनले भने, "स्थानीयले राति हामीलाई धम्काए। उनीहरूले हामीलाई तिमीहरू पाकिस्तानी हौ, यहाँबाट जाऊ भने। हामी निकै दिक्दार छौँ।"

उनका घरपति इसाई हुन्।

आमिरलाई आफू तथा आफ्नो परिवारमाथि आक्रमण हुने डर छ।

त्यसैले उनले पत्नी र बालबच्चासहित घर छाडेर मस्जिदमा बस्ने निर्णय गरेका हुन्। उनी भन्छन्, "आज मैले अमेरिकी दूतावासमा अन्तर्वार्ता दिएँ। तर बम आक्रमणका कारण अस्वीकृत गरिएँ।"

अनिश्चित यात्रामा

के यस क्षेत्रमा बस्ने अन्य मुसलमानलाई पनि अहमदीहरूलाई जस्तो डर छ त?

फैजुल मस्जिदमा बस्ने इब्राहिम रहमतुल्ला भन्छन्, "हामीलाई कैयौँले चिन्छन् किन न हामी यहाँ बस्छौँ। तर अहमदी विदेशबाट आएका हुन्। त्रासको कारण त्यही हो।"

फैजुल मस्जिद सानो भएकाले यहाँका कर्मचारीले उनीहरूलाई बढी सुरक्षित मस्जिदमा पठाइरहेका छन्। जहाँको सुरक्षा अहिले सेना र प्रहरीले गरिरहेका छन्।

एक पटकमा ६५ जना मानिससम्म मस्जिदमा शरण लिन पुग्ने गर्छन्।

समग्रमा भन्दा अहमदी मुसलमान आफ्ना सबै सामान छाडेर एउटा अनिश्चित भविष्यको यात्रामा निस्किएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रीलङ्कामा सन्दिग्ध आक्रमणकारी गिर्जाघर छिरेको भिडिओ